
पर्वत, फागुन १७– पुन युवा क्लबले जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल(रामकृष्ण)लाई सम्मान गरेको छ । मगर महोत्सवको समापनका अवसरमा मल्ललाई दोसल्ला ओढाएर क्लबले सम्मान गरेको हो । क्लबका अध्यक्ष कृष्ण पुनसहितले मल्ललाई सम्मान गरेका थिए । मल्लले मगरहरुको लोकसंस्कृतिको संरक्षणका साथै हरेक अभियानमा सहयोग गरेको भन्दै सम्मान गरेको क्लबले जनाएको छ । उक्त अवसरमा गायक कृष्ण अखेली, सुचनाकेन्द्र डटकमका बैकुण्ठ गिरी, पुन युवा क्लबका प्रिति पुनलगायतलाई पनि सम्मान गरिएको थियो ।
गाउँपालिका अध्यक्ष मल्ल सम्मानित


