spot_img

बेपत्ता प्रधानाध्यापकको शव भेटियो

पर्वत, साउन २३–बेपत्ता प्रधानाध्यापकको शव भेटिएको छ । मोदी गाउँपालिका वडा नम्बर ६ स्थित हरि प्राथमिक बिद्यालयका प्रधानाध्यापक शिवप्रसाद पौडेल बुधबार मृत अवस्थामा भेटिएका हुन । उनी कुश्मा नगरपालिका वडा नम्बर ९ कटुवाचौपारीस्थित अलपेश्वर गुफामा मृत अवस्थामा भेटिएका हुन ।
५९ बर्षिय पौडेल कुश्मा नगरपालिका वडा नम्बर ९ कटुवाचौपारीकै बासिन्दा हुन । शुक्रबार बिहानदेखि बेपत्ता भएका पौडेलको शव अलपेश्वर गुफामा भेटिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक सुरत खत्रीले जानकारी दिए ।
शव दुगन्धित भइसकेकोले बेपत्ता भएके दिन पौडेलको मृत्यु भएको हुनसक्ने खत्रीले बताए । पारिवारिकस्रोतका अनुसार उनी शुक्रबार बिहान मन्दिर जान्छु भन्दै घरबाट हिँडेका थिए । उनी १७ बर्षदेखि उक्त बिद्यालयमा पढाउदै आएका थिए । ३८ बर्ष शिक्षण पेशामा रहेका पौडेल निबृत्त हुने समयमा पुगेका थिए ।

spot_img

भर्खरै