काठमाडौं–सत्तासीन नेताले कतिसम्म पदीय रवाफ देखाउन सक्छन् भन्ने गतिलो बनेका छन्, उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव । कान्तिपुर दैनिकका अनुसार पदकै आडमा उनले मंगलबार काठमाडौंबाट बैंकक उड्नै लागेको थाई विमान झन्डै ४५ मिनेट रोक्न बाध्य पारिदिएका थिए ।
त्रिभुवन विमानस्थल स्रोतलाई हवाला दिँदै कान्तिपुरले अगाडि लेखेको छ– यादवले आफू विमानस्थल पुग्न ढिलो भएपछि थाई एअरवेजका कर्मचारीलाई दबाव दिएर उडान ४५ मिनतेट पछाडि सार्न लगाएको विमानस्थल अध्यागमन कार्यालयका एक अधिकारीले बताए । ती अधिकारीका अनुसार यादव मंगलबार हतार हतार कूटनीतिक राहदानी बनाएर बैंकक जाने तयारीमा थिए । विमान बिहान ११ः३० मा काठमाडौंबाट उड्ने समयतालिका थियो । तर यादवका कारण १२ः१५ मा मात्र उडड्यो ।


