spot_img

सकियो ‘कोहिनुर’को छायांकन

चलचित्र ‘कोहिनुर’को छायांकन सकिएको छ । करिब ४५ दिन लगाएर सिनेमाको छायांकन सकेको जानकारी निर्माता तथा नायक श्रीकृष्ण श्रेष्ठले जानकारी दिएका छन् । काठमाण्डौको दरबारमार्ग स्थित शेर्पा मलमा चलचित्रको इन्डक्ल्याप गरिएको हो । आकाश अधिकारीको निर्देशनमा तयार भएको यो चलचित्रमा स्वेता खड्का, शम्भूजित बास्कोटा लगायतका कलाकारले पनि अभिनय गरेका छन् ।यस अघि चलचित्र ‘कहाँ भेटिएला’ निर्माण गरेका श्रीकृष्णले स्वेतालाई नै लिएर ‘कोहिनुर’ बनाएका हुन् ।  चलचित्रमा शम्भूजितकै संगीत रहेको छ ।

सिनेमा बनाउन आफूले कुनै खालको प्रेसर महुशश नगरेको तर्क श्रीकृष्णको छ । चलचित्रको छायांकन भारतका विभिन्न रमणिय क्षेत्र र नेपालमा गरिएको छ । पैसा हेरेर सिनेमा नबनाएको बताउँदै निर्माता श्रीकृष्ण श्रेष्ठले ‘कोहिनुर’ले सुकेको सिने नगरीलाई फेरी उकास्ने विश्वास व्यक्त गरे।

 

spot_img

भर्खरै