spot_img

जबरजस्ती करणीकाे आरोपमा प्रधानाध्यापक पक्राउ

पक्राउ परेका खिलप्रसाद पौडेल

पर्वत– जबरजस्ती करणी (अप्राकृतिक मैथुन) गरेको आरोपमा यहाँका एक प्रधानाध्यापक पक्राउ परेका छन्। फलेवास नगरपालिका वडा नम्बर ६ देबिस्थानस्थित माझीगाउँ प्राथमिक विद्यालयका प्रधानाध्यापक ५१ बर्षीय खिलप्रसाद पौडेललाई प्रहरीले पक्राउ गरेको हो।

देबिस्थानकै स्थायी वासिन्दा पौडेलले विद्यालयमै अध्ययनरत तीन  बालिका र अर्को एक विद्यालयमा अध्ययनरत सात बर्षदेखि १२ बर्षबीचका बालिकालाई विभिन्न मितिमा ललाईफकाई तथा डर त्रास र धम्की दिएर अप्राकृतिक रुपमा मैथुन गराउँदै आएको प्रहरीको दाबी छ।

अभिावकबाटै उजुरी आएपछि उनलाई पक्राउ गरेर ल्याइएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ। स्रोतका अनुसार उनलाई अभिभावकले नै नियन्त्रणमा लिएर कालोमोसो समेत दलेर प्रहरीलाई बुझाएका थिए।

ती बालिकाले आइतबार मात्रै आफ्ना अभिभावकलाई घटनाका बिषयमा जानकारी दिएको प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठले जानकारी दिए। पक्राउ परेका पौडेललाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थपेर अनुसन्धान सुरु गरेको उनले बताए। नागरिकन्युजडटकमबाट

spot_img

भर्खरै