spot_img

आवधिक योजना गोष्ठीको नाममा मोदीका जनप्रतिनिधि र कर्मचारी लुम्लेमा

पर्वत, फागुन १४–गाउँपालिकाभित्रै चर्चित र उत्कृष्ठ पर्यटकीयस्थल तथा होमस्टे भएपनि मोदी गाउँपालिकाले सोमबारदेखि कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित लुम्लेमा दुई दिने गोष्ठी सुरु गरेको छ । गाउँपालिकाले आवधिक योजना निर्माण को नाममा कार्यपालिका सदस्य र बिषयगत शाखाका कर्मचारीलाई लिएर लुम्लेमा गोष्ठी राखेको हो ।
जनप्रतिनिधि र कर्मचारी कार्यालयमा नबस्नेगरेको भन्दै बिरोध भइरहेको मोदी गाउँपालिकाले स्थानीयस्तरमै गोष्ठी राखेर कम लागतमा कार्यक्रम सम्पन्न हुने भएपनि ठुलो लागतमा खर्च हुनेगरी लुम्लेमा गोष्ठी राखेको हो । लुम्लेमा गोष्ठी राखेकोमा कतिपय कार्यपालिका सदस्यले बिरोध समेत गरेका छन् ।
मोदी गाउँपालिकामा थुप्रै पर्यटकीयस्थलका साथै होमस्टे भएपनि लाखौ रुपैयाँ सक्नेगरी लुम्लेमा पु¥याएर गोष्ठी गर्नु राम्रो नभएको मोदी गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष गौप्रसाद गुरुङले बताए । ‘एकान्त ठाउँमा पुगेर मोजमस्ती भन्दा पनि गाउँपालिकाभित्रै गोष्ठी गर्नुपथ्र्यो, गाउँपालिकामा गोष्ठी गर्ने ठाउँ नै नभएजसरी अर्को जिल्लामा लगेर गोष्ठी गरेकोमा मेरो सहमती छैन’ वडा अध्यक्ष गुरुङले भने ।
लुम्लेमा गोष्ठी राखेकोमा गुरुङले सोमबार सुरु भएको गोष्ठीमा सहभागी नभएको जानकारी दिए । ‘गोष्ठी गर्न गाउँपालिकाभित्रै थुप्रै ठाउँहरु छन्, लुम्ले नै पुग्नुपर्ने कुनै कारण छैन’ उनले भने–‘त्यसैले म सोमबारको गोष्ठीमा सहभागी भएको छैन, मंगलबार उपस्थित भएर मेरा कुरा राख्छु ।’ उनले लुम्लेमा एउटा गोष्ठीमा खर्च गर्ने रकमले गाउँपालिकामा बर्षभरीका गोष्ठी गर्न सकिने पनि बताए । ‘गोष्ठीको नाममा लुम्ले पुग्ने कुरा मोजमस्ती गरेर पैसा सक्ने नै हो’ उनले भने ।
गोष्ठीका बिषयमा जानकारी लिनखोज्दा गाउँपालिका अध्यक्ष प्रेम शर्मा पौडेल र प्रवक्ता बिमल लामिछानेसँग सम्पर्क हुन सकेन । मोदी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमानसिंह गुरुङले भने लुम्लेमा गोष्ठी राखेकोमा बिरोध गर्नुपर्ने कारण नभएको बताए । उनले सबै कार्यपालिका सदस्यहरु उपस्थित भएको र बिरोध नभएको दाबी गरे । मोदी–१ का वडा अध्यक्ष त आउनुभएको रहेन्छ नी भन्ने क्रममा गुरुङले भने–‘उहाँ भोली आउनुहुन्छ ।’

spot_img

भर्खरै