spot_img

बिहेको अघिल्लो रात बेहुला हराएपछि…

नवलपरासी, माघ २७- घरमा कामको चटारो थियो । बिहेका लागि सरसामान जोरजाम पारिँदै थियो । अघिल्लो दिन अकस्मात बेहुला हराए । खोजी गर्दा कतै भेटिएनन् । बाध्य भएर आफन्त र स्थानीय बासिन्दा प्रहरी कार्यालय पुगे । आजको कान्तिपुरमा खबर छ । खोजीका लागि निवेदन दिएकै ६ दिन बितिसक्यो । अहिलेसम्म अवस्था पत्ता नलाग्दा उनीहरुले बाध्य भएर शुक्रबार प्रशासन कार्यालय नै घेराउ गरे ।

सोमबार विवाहको लगन जुराइएको थियो । गौंडाकोट १४ का २९ बर्षीय बालकृष्ण खरेल अघिल्लो बेलुकासम्म परिवारका सदस्यसँग हाँसीखुसी व्यवहार गरिरहेका थिए । तर, मध्यरातदेखि उनी बेपत्ता भए । घर नजिककी युवतीसँग विवाह छिनिएको थियो, उनको । दुवै परिवारले सबै तयारी पूरा गरिसकेका थिए । बेहुला एकाएक बेपत्ता भएपछि दुवै पक्ष चिन्तित छन् । ‘बिहेको अघिल्लो दिन राति १२ बजेसम्म घरमै गफ गरेर बसेका थियौ, पछि सुत्न गयौं बिहान हेर्दा भाइ कोठामा थिएन’, दाजु गणेशले भने ।

spot_img

भर्खरै