spot_img

जहाँ भेटिँदैनन् अविवाहित युवायुवती…

काठमाडौं, माघ २३ –मालिङ गाउँपालिका २ सैलुङका रामबहादुर गुरूङ दुई छोरा र दुई छोरीका बाबु हुन्। उनकी जेठी छोरी सात कक्षामा पढदै गर्दा १४ बर्षकै उमेरमा भागेर विहे गरिन्। गुरुङको छिमेकमा विहे भोज थियो। भोजमा सहभागी हुन छिमेकी गाउँबाट आएको एक युवकले भोजबाटै उनलाई भगाएका थिए। गुरूङकी कान्छी छोरीले पनि ९ कक्षामा पढ्दै गर्दा भागेर बिहे गरेकी थिईन्।

आजको नागरिक दैनिक अगाडि लेख्छ- सैलुङकै ८० बर्षीया उज्याली गुरूङ १० बर्षको उमेरमा मागी बिहे गरेको बताउँछिन् । उनका ४ छोरा र २ छोरी छन् । छोरीमध्ये जेठी मनमायाको १४ बर्षको उमेरमा र कान्छी पूर्णमायाको १६ बर्षको उमेरमा विहे भएको थियो ।

उनी भन्छिन्, ‘उमेर पुगेका युवायुवतीमध्ये विवाह हुनेको भहईहाल्छ, नहुनेमध्ये केही रोजगराको खोजीमा र केही अध्ययनका लागि सहर वा विदेश जाने भएकाले गाउँमा १६ बर्षमाथिका युवायुवती देखिँदैनन्।’

spot_img

भर्खरै