spot_img

निर्माण सामग्रीको मूल्यवृद्धिले अर्थतन्त्र नै प्रभावित

काठमाडौं, पुस २४ –मुलुकमा विकास निर्माणका काम सुरु हुन लागेको वेला निर्माण सामग्रीको मूल्य अचानक बृद्धि भएपछि यसबाट समग्र अर्थतन्त्र नै प्रभावित हुने देखिएको छ। यो खबर सरस्वती ढकालले आजको कारोबार दैनिकमा लेखेका छन्।

निर्माण सामग्रीको बढ्दो मूल्यले विकास निर्माणको लागत वृद्धि भई यसबाट सरकार, निर्माण व्यवसायीदेखि सर्वसाधारणसम्म प्रत्यक्ष प्रभावित हुने भएका छन्। एक महिनायता निर्माणका मुख्य कच्चा पदार्थहरु सिमेन्ट र डण्डीको मूल्य बृद्धि भएको छ। हाल बजारमा सिमेन्टको भाउ प्रतिबोरा १ सय रुपैयाँदेखि १ सय ३० रुपैयाँसम्म बृद्धि भएको छ।

डण्डीको मूल्य प्रतिकेजी ७ रुपैयाँले वढेको छ। निर्वाचन अघिसम्म सिमेन्टको मूल्य प्रतिबोरा ८ सय १० रुपैयाँ थियो भने डण्डीको मूल्य प्रतिकेजी ७६ रुपैयाँ हाराहारीमा थियो। निर्वाचनपछि सिमेन्टको मूल्य प्रतिबोरा १२.५ प्रतिशत र डण्डीको मूल्य ९ प्रतिशतले वढेको छ।

spot_img

भर्खरै