पर्वत, पुस २३–स्वर्गिय अमृतप्रसाद जोशीको सामाजिक भावनालाई सबैले अनुसरण गर्नुपर्नेमा यहाँ आयोजित वक्ताले जोड दिएका छन् । अमृत जोशी स्मृति प्रतिष्ठानले आइतबार कुश्मामा आयोजना गरेको पुरस्कार बितरण तथा चौथो अधिवेशनमा बोल्दै उक्ताले यस्तो बताएका हुन । उनीहरुले अमृत जोशी समाजसेवा र राजनीतिमा निष्ठा र आदर्शका पर्याय भएको वताएका थिए । कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं अमृतप्रसाद जोशीका ज्येष्ठ सुपुत्र अर्जुनप्रसाद जोशीले अमृतप्रसाद जोशीको राजनीतिक प्रेरणा आफ्नो राजनीतिक जीवनको सर्वोत्तम पूजी भएको वताए ।
अमृत जोशी लामो समय पर्वत जिल्ला पञ्चायतको सभापतिजस्तो महत्वपूर्ण पदमा बसेर पनि निष्कलंक र सर्वमान्य व्यक्तिका रुपमा परिचित हुनसक्नु सबैभन्दा ठूलो त्याग भएको जोशीले बताए । ‘अमृत जोशीले व्यक्तिगत फाइदा र लाभभन्दा सामाजिक न्याय र जिल्लाको विकासमा ध्यान दिनुभयो, वास्तवमा उहाँको त्यो उच्च राजनीतिक संस्कार र समाज सेवालाई आजको पुस्ताले अनुशरण गर्न सक्नुपर्छ’ जोशीले भने । नेता जोशीले राजनीति भन्दा सामाजिक सेवाको क्षेत्र निकै फराकिलो भएको उल्लेख गर्दै अमृत जोशीको समाजप्रतिको त्यही निष्ठा, त्याग र समर्पणका कारण आज पर्वतका हरेक जनताले श्रद्धा गरिरहेको दावी गरे । उनले अमृत जोशी स्मृति प्रतिष्ठानलाई कुनै विचारको वरिपरि मात्र सिमित नबनाएर सबैको साझा प्रतिष्ठानका रुपमा विकास गर्न सुझाव दिए ।
कार्यक्रममा कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले अमृत जोशीको राजनीतिक संस्कार र सामाजिक योगदानको सबैले अनुशरण गर्न जरुरी रहेको धारणा राखे । कार्यक्रममा पर्वतका सहायक प्रमुख जिल्ला अधिकारी डिल्लीराम शर्मा, स्थानीय विकास अधिकारी विष्णुप्रसाद भुसाल, नेपाली काँग्रेस पर्वतका उपसभापति दुर्गावहादुर खत्री, नेकपा एमालेका उपसचिव गोविन्द पहाडी, अमृत जोशी स्मृति प्रतिष्ठानका सल्लाहकार वसन्तवहादुर सिके, उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोपी अधिकारी, आदर्श अंग्रेजी आवसिय माविका प्रिन्सिपल हिमवहादुर पौडेल क्षेत्री, भडखोरे सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष खेमनाथ पौडेल, नारायण माविका पुर्व प्राचार्य पृथ्वीनारायण शर्मा, प्रजातन्त्र सेनानी एवं जोशीका समकालिन हरिप्रसाद शर्मा लगायतले वोलेका थिए । संस्थाका संस्थापक सचिव कमलनाथ शर्माले स्वर्गिय अमृतप्रसाद जोशीको जीवनीवारे प्रकाश पारेका थिए ।
हरेक वर्ष प्रतिष्ठानले उत्कृष्ठ विद्यार्थीलाई वितरण गर्दै आएको पुरस्कार अन्तर्गत एसइइ परिक्षामा सामुदायिक विद्यालय अन्तर्गत नवजागृत मावि तिलाहारका निर्मल पौडेल र विनु लामिछानेलाई सम्मान सहित पुरस्कार वितरण गरिएको छ । संस्थागत विद्यालय अन्तर्गत आदर्श अंग्रेजी आवासिय मावि कुश्माका सोनिसा थापा, विकास कुमार शाह र कविता शर्मालाई सम्मान गरिएको थियो । त्यस्तै गरी नमूना आवासीय माविका अनिल तिवारी र अरविन्दराज पौडेललाई सम्मान सहित पुरस्कार वितरण गरिएको थियो । अमृत जोशी स्मृति प्रतिष्ठान नेपालका अध्यक्ष गंगाधर तिवारीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत उपाध्यक्ष मानकुमारी गिरी र सञ्चालन सचिव माधव पौडेलले गरेका थिए ।
प्रतिष्ठानमा पुनः तिवारी
यसैविच आइतबार सम्पन्न प्रतिष्ठानको अध्यक्षमा पुनः गंगाधर तिवारी चयन भएका छन् । देविप्रसाद विलासीको निर्वाचन मण्डलले सर्बसम्मत रुपमा नयाँ समिति चयन गरेको हो । उपाध्यक्षमा मानकुमारी गिरी, सचिवमा माधव पौडेल, कोषाध्यक्षमा निर्मल विश्वकर्मा, सहचिवमा आशिष जोशी चयन भएका छन् । सदस्यमा खेमनाथ शर्मा, रमाकान्त शर्मा, कलावती पुरी, ईश्वरी पाठक, प्रभा खड्का श्रेष्ठ, महेन्द्रकुमार जोशी रहेका छन् । यस्तै सल्लाहकारमा हरिप्रसाद शर्मा, देविप्रसाद विलासी, कमलनाथ शर्मा, सोमलाल आचार्य, कुलप्रसाद उपाध्याय, पर्शुराम पुरी चुनिएका छन् ।