काठमाडौं, पुस २ –प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । शनिबार बेलुकीसम्म को मतपरिणाम अनुसार प्रत्यक्षमा जस्तै समानुपातिकमा सबैभन्दा धेरै मत एमालेले ल्याएको छ ।
नेपाली काग्रेस दोस्रो स्थानमा छ । यस्तै पाँच दलमात्रै राष्ट्रिय पार्टी बन्ने निश्चित देखिएको छ । समानुपातिकतर्फ एमालेले ४१ कांग्रेसले ४० माओवादी केन्द्रले १७, राजपा र संघीय समाजवादी फोरमले ६,६ सिट ल्याउने देखिएको छ । मतगणना सकिँदासम्म पाँच दलमध्ये एकदुई सिट थपघट हुन सक्नेछ ।, यो खबर आजको कान्तिपुरमा छ ।