spot_img

निर्वाचन जितेका सञ्जयको समर्थन मलाई: निधि

काठमाडौं, मंसिर १३ – धनुषा ३ का कांग्रेस उम्मेदवार विमलेन्द्र निधिले यसअघि निर्वाचन जितेका सञ्जय साहको समर्थन आफूलाई भएको दाबी गरेका छन्। आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

काठमाडौंमा मंगलबार पत्रकारसँग कुराकानी गर्दै निधिले भने, ‘दुई चोटी जनकपुरबाट चुनाव जितेको सञ्जयको प्रभाव जनस्तरमा राम्रो छ।’ जनकपुर बमकाण्ड, सञ्चारउद्यमी अरुण सिंघानिय जस्ता ठूला आपराधिक घटनामा मुछिएका साह हाल जेलमा छन्। पहिलो सविधान सभा निर्वाचनमा फोरमबाट र दोस्रोमा सदभावनाबाट जनकपुरबाट उनले चुनाव चितेका थिए।

उक्त क्षेत्रबाट आफूले सजिलै जित्ने दावी निधिको छ। राजपाले आफूविरुद्ध उम्मेदवारी दिनुको कुनै तुक छैन निधिको तर्क थियो। उनले भने, ‘मेरै कारण मधेसवादी दलहरुको आन्दोलनका सबै कुरा सरकारी तहमा स्थापित भएको छन्। तर दुर्भाग्य भनौं, मेरैविरुद्धमा राजपाका एकजना अध्यक्ष चुनावी मैदानमा छन्।’

कांग्रेस र मधेसी गठवन्धनबीच चुनावी तालमेलका अथक प्रयास मेरै नेतृवमा भएपनि त्यो साकार हुन नसकेको समेत निधिले स्विकार गरे।

उनले भने, ‘अब त्यो सम्भावना छैन। कांग्रेसले राजपा अध्यक्ष महन्थ ठाकुर र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवविरुद्ध उम्मेदवारी फिर्ता लिएर लोकतान्त्रिक गठवन्धन प्रतिको धर्म निर्वाह गरेको छ।’

spot_img

भर्खरै