पर्वत, कार्तिक २६–नेपाली काँग्रेसका उम्मेदवारलाई बिजयी गराउन जलजलामा प्रचारप्रसार समिति गठन गरिएको छ ।
प्रतिनिधिसभामा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् निवर्तमान सांसद अर्जुनप्रसाद जोशी र प्रदेशसभा सदस्यमा नवराज गुरुङसहित समानुपातिका उम्मेदवारलाई अत्यधिक मतले बिजयी गराउन एक हजार एक सदस्यीय प्रचारप्रसार समिति गठन गरिएको नेपाली काँग्रेस पर्वतका कोषाध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले जानकारी दिए ।
‘लोकतन्त्रको संस्थागत गर्न तथा जिल्लाको विकास र समृद्धिका लागि नेपाली काँग्रेसलाई मत दिएर जिताउन एक हजार एक सदस्यीय प्रचारप्रसार समिति गठन गरेका छौ’ मल्लले भने । उनले नेपाली काँग्रेस जलजला गाउँपालिका समितिका संयोजक चन्द्रबहादुर जिसीको संयोजकत्वमा समिति गठन गरिएको बताए ।