spot_img

पर्वतको दक्षिणका बासिन्दाले भने–‘काँग्रेस नेता जोशीसँग सधै मागियो, यसपटक गुन तिर्ने हो’

पर्वत, कार्तिक २२–नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् निवर्तमान सांसद अर्जुनप्रसाद जोशी यतिबेला चुनावी प्रचारका क्रममा पर्वतको दक्षिण भेगका हुवास, त्रिवेणी, टकलाक, त्रिवेणी, बेउलीबासलगायतका ठाउँमा पुगेका छन् । पर्वत–१ बा तीन पटकसम्म जनताको माया पाएर बिजयी भएका नेता जोशीसँग पर्वत २ का जनताले सधै मागिरहेको भन्दै यसपटक दिन पनि पाएकोमा खुशी भएका छन् । पर्वत प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फको उम्मेदवार भएका जोशीलाई रुख चिन्हमा मतदान गरेर जिताउने उद्घोष त्यहाँका जनताले गरेका छन् । ‘काँग्रेसका नेता जोशीसँग पर्वतको दक्षिण भेगको विकासका लागि सधैँ माग्ने काम मात्रै भएको थियो, यो पटक जोशीलाई मतदान गरेर उहाँले लगाएको गुन तिर्न पाइने भएको छ’ त्रिवेणीका भिमसेन गुरुङले भने । नेता अर्जुन जोशीजस्तो नेता पर्वतमै नभएको भन्दै उनले भारी बहुमतका साथ जिताएर पर्वतको विकासको रेखा कोर्ने अवसर आएको बताए । उता बिहादी गाउँपालिकाका भिमबहादुर खड्काले पर्वत १ को साँसद भएपनि अर्जुन जोशीले सधैँ पर्वत २ को समस्या बुझ्ने र समाधान गर्ने गरेको भन्दै यसपटक जोशीलाई सहयोग गर्ने मौका मिलेको बताए । ‘अर्जुन जोशीसँग हरेक समस्या राखिरहयौ र जोशीले बोलेका कुरा पुरा गरेरै छाडेका छन्, यसपटक जोशीले पु¥याएको योगदानको गुनतिर्ने समय आएको छ’ खड्काले भने । गुरुङ र खड्का मात्रै होइन, पैंयूँ, बिहादी, महाशिला गाउँपालिका, फलेबास नगरपालिकाका बासिन्दाले पर्वतको विकासका लागि अर्जुन जोशीको विकल्प सोच्नै नसकिने बताए ।

spot_img

भर्खरै