
पर्वत, कार्तिक २०–राप्रपा पर्वतका नेता एवम् दलित अगुवा गंगाबहादुर दमाईले नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पर्वतका प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवार अर्जुनप्रसाद जोशी बास्तविक विकासबादी नेता भएको बताएका छन् ।
कटुवाचौपारीमा आज सोमबार आयोजित काँग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै नेता दमाइले ग्रामिण भेगसम्म पुगेर जोशीले गरेको योगदानको प्रशंसा गरेका छन् । ‘बास्तबमा अर्जुन जोशी वास्तविक विकासबादी नेता हो, त्यसैले मैले अर्जुन जोशीलाई विकास जोशी नै भन्न चाहन्छु’ दमाईले भने ।
उनले जनताका आवश्यकता र समस्यालाई निरन्तर बुझ्ने र बोलेपछि पुरा गरेरै छाड्ने नेताका रुपमा काँग्रेस नेता जोशीलाई आफुले लिएको बताए । बामगठबन्धनसँगै लोकतन्त्र धरापमा परेको र फेरी लोकतन्त्रका लागि आन्दोलन गर्नपर्ने अवस्था आउनसक्ने भन्दै दमाईले पर्वतमा काँग्रेसका उम्मेदवारलाई मत हालेर जिताउनुपर्ने बताएका छन् ।
राप्रपा नेता गंगाबहादुर दमाईले भने–‘अर्जुन जोशी बास्तविक विकासबादी नेता हो’


