पर्वत, कार्तिक १७–नेपाली काँग्रेस र बाम गठबन्धनले छुट्टाछुट्टै शक्ति प्रदर्शनसहित उम्मेदवारी दर्ता गरेका छन् । काँग्रेसले पार्टी कार्यालयदेखि ¥यालीसहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर दिउँसो ३ बजे उम्मेदवारी दर्ता गराएको थियो ।
काँग्रेसबाट प्रतिनिधिसभामा केन्द्रीय सदस्य एवम् निवर्तमान सांसद अर्जुनप्रसाद जोशी, प्रदेशसभातर्फ क मा पूर्वजिल्ला सभापति नवराज गुरुङ र ख मा महाधिवेशन प्रतिनिधि राजेन्द्रप्रसाद तिवारी उम्मेदवार बनेका छन् । उता बामगठबन्धनले एमाले पार्टी कार्यालयबाट ¥यालीसहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएको हो ।
गठबन्धनले दिउँसो २ बजे मनोनयन दर्ता गराएको हो । बाम गठबन्धनबाट प्रतिनिधिसभामा एमाले पर्वतका अध्यक्ष पदम गिरी, प्रदेशसभातर्फ क मा नेकपा माओबादी केन्द्रका नेत्र अधिकारी र ख मा एमालेका पूर्व जिल्ला अध्यक्ष एवम् निवर्तमान सांसद विकास लम्सालले मनोनयन दर्ता गराएका छन् ।
प्रतिनिधिसभामा पर्वतबाट संघीय समाजवादीका जितबहादुर गुरुङ, नेकपा मालेका हरिहर थापा, एकीकृत राप्रपा राष्ट्रबादीका तिलकप्रसाद शर्मा, गान्धीबादी पार्टीका राजेन्द्र नेपाली, नयाँ शक्तिका यामबहादुर चोचाङ्गी, मंगोल नेसनल अर्गनाइजेसन लालकुमारी थापा, देशभक्त जनगणतान्त्रिकका कुश्माखर भुसाल, राष्ट्रिय जनमोर्चाका गोबिन्दप्रसाद पौडेलले मनोनयन दर्ता गराएका छन् ।
त्यसैगरी स्वतन्त्रबाट प्रतिनिधिसभातर्फ इन्दुदेवी शर्मा, तर्कबहादुर सुनार, बिनोद कुँवर, राम शर्मा पौडेलले दर्ता गराएको जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले जानकारी दिए ।
त्यस्तै प्रदेशतर्फ पर्वत क मा देशभक्त जनगणतान्त्रिक मोर्चाबाट महानबहादुर गुरुङ, नयाँ शक्तिका महेन्द्रजंग लामिछाने र जनमोर्चाका राजेन्द्रप्रसाद शर्मा तथा पर्वत ख मा मालेका लिलाधर आचार्य, नयाँ शक्तिका ओमबहादुर भण्डारी र जनमोर्चाका डोलनाथ भुसालले मनोनयन दर्ता गराएका छन् ।
प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका काँग्रेसका जोशी ०५६ सालको प्रतिनिधिसभा सदस्य, ०६४ र ०७० सालको संविधानसभा निर्वाचनमा पर्वत–१ बाट निर्वाचित हुन । उनी ०४८ सालदेखि काँग्रेस पर्वतको १६ बर्ष सभापति भएका थिए । त्यस्तै तीन पटक काँग्रेसको केन्द्रीय सदस्य भइसकेका छन् । जोशी पर्वतका विकासबादी नेता मानिन्छन् । गाउँगाउँमा पूर्वाधारसहितको स्वास्थ्य चौकी पु¥याउन, सडक बिस्तार, बिद्युतिकरण, खानेपानी, सिंचाईको क्षेत्रमा काँग्रेस नेता जोशीले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।
उता बामगठबन्धनका गिरी एमाले पर्वतका अध्यक्ष हुन । उनी पृथ्बीनारायण क्याम्पस पोखराका पूर्वस्ववियसभापति हुन । पर्वत क बाट प्रदेशसभामा आकांक्षा राखेका गिरीले निवर्तमान सांसद विकास लम्साल, एमाले पोलिटब्युरो सदस्य गणेश तिमिल्सिना र अनुसासन आयोगका सदस्य गणेश शर्मा पौडेलबिचको टकराबले प्रतिनिधिसभाको टिकट फुत्काउन सफल भएका हुन ।
०७० सालको संविधानसभा निर्वाचनमा बिजयी भएका र दुई पटक पार्टी अध्यक्ष भइसकेका लम्साललाई प्रतिनिधिसभामा टिकट नदिएर गिरीलाई टिकट दिएपछि नेकपा एमाले पर्वतमा ब्यापक असन्तुष्टि देखिएको छ । बाहिर चुप रहेपनि भित्रभित्रै देखाइदिन्छु भन्नेसम्मको अभियान सुरु गरेको एमालेनिकटस्रोतले बताएको छ ।
पर्वत क मा उम्मेदवारी दिएका काँग्रेसका गुरुङ काँग्रेस पर्वतका पूर्वसभापति हुन । उनी पनि जनताको समस्यामा बुझ्ने र केन्द्रमा राम्रो पहुँच भएका कारण विकास निर्माणका योजना सहज रुपमा जिल्लामा भित्राउने नेताका रुपमा परिचित छन् । बामगठबन्धनका अधिकारी ०७० सालमा पर्वत–१ बाट संविधानसभा निर्वाचनमा तेस्रो भएका थिए ।
पर्वत ख मा उम्मेदवारी दिएका काँग्रेसका तिवारी युवा नेता हुन । उनी पार्टीको महाधिवेशन प्रतिनिधि छन् । पैंयूँखोलामा लोकप्रिय तिवारीलाई अहिलेसम्म उम्मेदवारी नै नपाएको पैंयूँले भोट खन्याइदिनेछन् । बामगठबन्धनका लम्साल ०७० सालमा एमालेबाट पर्वत–२ मा निर्वाचित भएका थिए । तर उनको कार्यकालमा उनकै कामले उनी विवादित बने । यसले पनि नेपाली काँग्रेसले सबै उम्मेदवार जनताले इच्छाइएका उठाएको र उम्मेदवारी दर्तामा देखिएको विशाल सहभागिताले पनि काँग्रेस जित निश्चित रहेको काँग्रेस कार्यकर्ताले बताएका छन् ।
शक्ति प्रदर्शनसहित पर्वतमा उम्मेदवारी दर्ता, एमालेमा ब्यापक असन्तुष्टि, काँग्रेस जित उन्मुख
