spot_img

पर्वत काँग्रेसबाट प्रतिनिधिसभा अर्जुनप्रसाद जोशी, पर्वत क मा नवराज गुरुङ र ख मा राजेन्द्र तिवारी

पर्वत, कार्तिक १६–नेपाली काँग्रेस पर्वतमा सबै उम्मेदवारको टुंगो लागेको छ । प्रतिनिधिसभामा केन्द्रीय सदस्य एवम् निवर्तमान सांसद अर्जुनप्रसाद जोशी र पर्वत क मा नवराज गुरुङ र पर्वत ख मा राजेन्द्र तिवारीले टिकट पाएका हुन । नेपाली काँग्रेस संसदीय समितिले गुरुङ र तिवारीको नाम बुधबारी राती तय गरेको हो । जोशीलाई भने यसअघि नै शिर्ष नेताहरुको समुहमा टुंग्याइएको थियो । ०५६ सालको प्रतिनिधिसभा निर्वाचन, ०६४ र ०७० को संविधानसभा सदस्यमा पर्वत–१ बाट निर्वाचित जोशी चौथो पटक मैदानमा उत्रिएका हुन ।

जिल्लामा रहदा सधै जिल्लाबासीको समस्या संकलन गर्ने र केन्द्रमा पुगेर विकासे योजना भित्राउन जोशी सक्रिय रहदै आएका छन् । पर्वत–१ मा सधैँ जितिरहेको र पर्वत–२ मा जोशी झनै लोकप्रिय भएका कारण उनको जीत सुनिश्चित भएको कार्यकर्ताको जोड छ । काँग्रेस नेता जोशी पर्वत–१ बाट निर्वाचित भएपनि उनले सधैँ पर्वत–२ मा समेत बर्षेनी हरेक साविकका गाविसमा मागअनुसारका कुनै न कुनै योजना भित्राउदै आएका थिए । बोलेपछि पुरा गरेरै छाड्ने स्वभावका जोशी जिल्लामा आउदा हरेक दिन गाउँमा पुगेरै छाड्छन् ।

यता प्रदेशसभातर्फ पर्वत क क्षेत्रबाट टिकट पाएका नवराज गुरुङ नेपाली काँग्रेस पर्वतका पूर्व पार्टी सभापति हुन । २०७० सालको निर्वाचनमा पर्वत २ बाट झिनो मतले मात्रै पराजित भएका गुरुङको यसपटक पर्वत क मा माहौल निकै राम्रो भएको छ । उनी पनि विकासे योजना जिल्लाभा भित्राउनमा निरन्तर सक्रिय रहदै आएका छन् । त्यस्तै पर्वत ख बाट टिकट पाएका राजेन्द्र तिवारी काँग्रेसका महाधिवेशन प्रतिनिधि हुन । पर्वतको दक्षिण भेगका जनतामा राम्रो भरोसा प्राप्त गरेका तिवारीले जित्नेभन्दा पनि बढी मत प्राप्त गर्ने भन्दै कार्यकर्ता उत्साही भएका छन् ।

spot_img

भर्खरै