काठमाडौं १४ कात्तिक –नेकपा एमालेका दुई निवर्तमान सांसद नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । माओवादी केन्द्रका शम्भु श्रेष्ठ पनि कांग्रेसमा फर्किएका छन् । दोस्रो संविधानसभामा कैलाली २ बाट निर्वाचित मोहनसिंह राठोर मंगलबार कांग्रेस प्रवेश गरेका हुन् । उनीसँगै निवर्तमान सांसद रवनी चौधरी पनि कांग्रेस प्रवेश गरेका छन् ।
यस्तै दोस्रो संविधानसभामा पार्टी टिकट नपाएपछि माओवादी प्रवेश गरेर एमाले नेता झलनाथ खनाललाई हराउने शम्भु श्रेष्ठ पनि कांग्रेसमा फर्किएका छन् । बालुवाटारमा आयोजित छुट्टाछुट्टै कार्यक्रममा तीनै निवर्तमान सांसदलाई कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासहितका शीर्ष नेताहरुले स्वागत गरेका छन् ।