काठमाडौं, कात्तिक ११ –आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि मतपत्र (समानुपातिक तर्फको) छपाइ सकिएको छ । प्रतक्ष्यतर्फको मतपत्र भने छाप्न सुरु गरिएको छ । आजको कान्तिपुरमा खबर छ । निर्वाचन आयोगका अनुसार शुक्रबारदेखि प्रतिनिधिसभाका १ सय ६५ निर्वाचन क्षेत्रकै प्रत्यक्षतर्फको मतपत्र छाप्न थालिएको हो ।
आयोगले पहिलो चरणमा प्रत्यक्षतर्फको मंसिर १० गते हुने प्रतिनिधिसभाका ३७ र प्रदेशसभाका ७४ सिटका लागि मतपत्र छपाइ गरिने जनाएको छ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले भने, -निर्वाचन तयारी ७५ प्रतिशतभन्दा बढी पूरा भएको छ । -मतपत्रबारे सर्वोच्च अदालतबाट भएको आदेशलाई सम्मान गर्दै निर्वाचन पूर्वनिर्धारित मितिमै हुनेछ ।
-समानुपातिकतर्फको मतपत्र छपाइको काम सकिएको छ । -आजै (शुक्रबार)देखि नै प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको मतपत्रको छपाइ कार्य सुरु भएको छ ।