spot_img

तेस्रो वरीयताका लोकदर्शन रेग्मी बने मुख्यसचिव

काठमाडौं, कात्तिक ७ –सरकारले पहिलो र दोस्रो वरीयताका सचिवलाई पाखा लगाउँदै तेस्रो वरीयताका सचिव लोकदर्शन रेग्मीलाई मुख्यसचिव नियुक्त गरेको छ। यो खबर अर्जुन सुवेदीले आजको नागरिकमा लेखेका छन्।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले वरीयतामा पहिलो नम्बरमा रहेका शंकरप्रसाद अधिकारीलाई पन्छाउँदै गृहसचिव रेग्मीलाई मुख्यसचिवमा बढुवा गरेको हो ।

मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीले ५८ वर्षे उमेरहदका कारण मंगलबार अवकाश पाउने भएपछि रिक्त हुने मुख्यसचिवमा रेग्मीलाई तीन वर्षका लागि नियुक्त गरिएको हो । रेग्मी नेपालको २४औं मुख्य सचिव बनेका हुन्।

spot_img

भर्खरै