कालिकोट, कार्तिक ५ –आज मनोनयन दर्ता हुने कालीकोट जिल्लामा बाम गठबन्धनभित्रै टिकमा बबाल भएको छ । टिकटको बिषयमा एमाले र माओबादी केन्द्रबिच बिवादले उग्र रुप लिएको छ । दुई प्रदेश सिट र एक प्रतिनिधिसभाको सिट गरी तीन सिट भएपनि बाम गठबन्धनको उम्मेदवार छनौटमा चर्को विबाद भएको हो । नेकपा एमाले र माओवादी केन्द्रका नेताबीच सहमति नभएपछि गठबन्धनमा विवाद बल्झिएको छ । विवादले गर्दा जसले टिकट पाएपनि एकले अर्कोलाई मत नहाल्ने सम्मका धम्की र घोषणा आउन थालेका छन् । साविकका १७ गाविसमा पर्ने एक नगरपालिका र ४ वटा गाउँपालिका भएको प्रदेश ९ख० मा बाम गठबन्धनबाट अहिलेसम्म कसैको टिकट पनि टुंगिएको छैन । प्रदेश ९ख० मा एमाले र माओवादी केन्द्रले टिकट जुधाएका छन् । आइतबार नेकपा एमाले र माओवाादी केन्द्रका जिल्लास्तरका नेताको बैठक जारी छ । स्रोतका अनुसार अब यो विवादले मतदातासम्म असर पर्ने देखिन्छ । स्रोतका अनुसार एक पार्टीका उम्मेदवारलाई अर्कोले मत नदिने भएपछि यहाँ नेपाली काँग्रेसको जीत सुनिश्चित जस्तै बनेको छ । माओवादी केन्द्रले प्रतिनिधिसभा प्रत्यक्षका लागि बिना विभागीय मन्त्री महेन्द्रबहादुर शाही र प्रदेश ९ख० का लागि जिल्ला अध्यक्ष दुर्गबहादुर रावत ९उज्वल० लाई टिकट सुम्पिएको छ । एमाले पार्टीले पनि दुर्गबहादुर रावतलाई टिकट दिएको क्षेत्रबाट एमालेका कुर्मराज शाहीलाई टिकट दिएको छ । सञ्चार माध्याममा प्रदेश ९ख० बाट नेकपा एमाले कालिकोटका अध्यक्ष नगिन्द्र शाही ९नेशनल० को उम्मेदवारी रहने भनिए पनि अहिलेसम्म टुंगो नलागेको जनाइएको छ । दुई पार्टीबीचको बैठकमा प्रतिनिधिसभा र प्रदेशसभाको टिकट फेरबदल हुने खतरा बढेको एक नेताले बताए । गएको २०७० को संविधानसभा निर्वाचनमा झिनो मतले पराजय भएको एमालेमा दुई प्रदेश क्षेत्रमा टिकट नपाएपछि निकै समस्या चुलिएको छ ।