काठमाडौं, कात्तिक ४– कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले उत्तम साइतमै टीका लगाएका छन्। भाइटीकाको उत्तम साइत ११ बजेर ५१ मिनेटमा प्रधानमन्त्री देउवाले आफ्नै निवासमा बहिनी दुर्गा चन्दको हातबाट टीका ग्रहण गरेका हुन्।
देउवा तिहार मनाउन प्रधानमन्त्री निवास बालुवाटार छोडेर आफ्नै निवास बुढानिलकण्ठ पुगेका थिए। सातइमा टीका लगाउन नपाएका दाजुभाइ र दिदीबहिनीले शनिबार दिनभर टीका लगाइरहेका छन्। तिहारका दिन दिदीबहिनीले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पंचरंगी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ। भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिने चलन छ।