spot_img

२२ बुँदे कार्यान्वयनमा कडाई, बिद्यालयमा भौतिक र प्रशासनिक अनुगमन

 

पर्वत, असोज २४–कुश्मा नगरपालिकाले शैक्षिक सुधारका लागि अगाडी सारेका २२ बुँदे योजना कार्यान्वयनमा कडाई गरेको छ । नगरभित्रका सबै सामुदायिक बिद्यालयका प्रधानाध्यापक बोलाएर सुधार योजना अगाडी सार्दै निर्देशन दिएका नगर प्रमुख रामचन्द्र जोशीले योजना कार्यान्वयनमा कडाई गरेका छन् ।
उनले बिद्यालयको शैक्षिक सुधारका लागि शिक्षक, बिद्यार्थी र अभिभावकले गर्नुपर्ने दायित्व र जिम्मेबारीलाई कार्यान्वयन गर्न सक्नुपर्ने बताए । कुश्मा नगरपालिकाले २२ बुँदे कार्यान्वयनप्रयाससँगै भौतिक र प्रशासनिक अवस्थाको समेत सम्बन्धित बिद्यालयमा पुगेर अनुगमन गरेको छ । बिद्यालयको अनुगमनपछि पालन नभएका निति, नियम तथा निर्देशनलाई तत्काल पालन गर्न आवश्यक लिखित सुझाब दिएको छ ।
सुझाब दिदा पनि अवस्था उस्तै भइरहे ऐन अनुरुप सेवा सुविधा कटौतीतर्फ अगाडी बढ्ने नगर शिक्षा समितिको तयारी छ । जिल्ला शिक्षा कार्यालय पर्वतका शाखा अधिकृत एवम् कुश्मा नगरपालिका अन्र्तगत नगर शिक्षा समितिमा तोकिएका राजेन्द्रबहादुर क्षेत्रीले कुश्मा नगरपालिकाभित्रका बिद्यालयमा अनुगमन गर्नेक्रममा सामुदायिक विद्यालयका शिक्षकहरु नियमीत रुपमा विद्यालय नपुगेको, शिक्षण समाग्री विना अध्यापन गराउने गरेको, समय अगावै कक्षाबाट बाहिरीने गरेको साथै बार्षिक कार्य योजना नबनाई अध्यापन गराउँदै आएको भेटिएको बताए ।
‘अब तत्काल सुधार गर्न निर्देशन दिएका छौ, फेरी पनि त्यस्तै दोहोरिए पाउने सुविधा रोक्ने लगायतका कारबाही हुन्छ’ क्षेत्रीले भने । क्षेत्रीसहितको टोलीले कुश्मा नगरपालिकाभित्रका डेढदर्जन बिद्यालयको अनुगमन गरेको थियो । अनुगमनका क्रममा प्राथमिक तहमा बिद्यार्थीको अवस्था घट्दो अवस्था रहेको, जिल्ला शिक्षा कार्यालयले नियामक निकायमा बोलाएर शिक्षकलाई विभिन्न तालिम तथा शैक्षिक समाग्रीहरु उपलब्ध गराएको भएपनि कक्षामा नभित्रिएको पाइएको छ ।

spot_img

भर्खरै