spot_img

रोल्पाको थवाङ गाउँपालिका प्रमुखको अपहरण

रोल्पा, भदौ ३० – थवाङ गाउँपालिका प्रमुख अपहरणमा परेका छन्। माओवादी लडाकुका पूर्व कमाण्डरसमेत रहेका अध्यक्ष वीरबहादुर घर्ती बिहीबार राति अपहरणमा परेको प्रहरीले जनाएको छ।

शनिबार थवाङ गाउँपालिकाको प्रथम गाउँसभा उद्घाटन गर्न माओवादी अध्यक्ष पुष्पकमल दाहाल रोल्पा आउने कार्यक्रम छ। प्रचण्डलाई थवाङ आउनबाट रोक्न बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अध्यक्षलाई अपहरण गरेको हुनसक्ने प्रहरीको आशंका छ। अहिले सो क्षेत्रमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ भने रोल्पा प्रहरी प्रमुख वीरेन्द्र थापा र अनुसन्धान प्रमुख मनोज ढकालसहित ५ दर्जन नेपाल प्रहरीको टोली थवाङ हिँडेको छ।
अपहरणको पुष्टि गर्दै प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले भने, ‘राति १२ बजेतिर थवाङको कोइचावाङबाट अपहरण भएको होे। नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धानको टोली परिचालन गरिएको छ।’

spot_img

भर्खरै