spot_img

कुश्माको नगरसभा फेरी अन्यौलमा, नतिजा दिने योजनामा प्रमुखको अडान

पर्वत, भदौ २९–कुश्मा नगरपालिकाले आगामी असोज ४ गतेका लागि तोकेको नगरसभा फेरी अन्यौलमा परेको छ । नगर प्रमुख रामचन्द्र जोशीले बजेट छर्ने भन्दापनि नतिजा निस्कनेगरी ठुला योजना पेश गरेपछि वडा अध्यक्षहरुले टुक्रे योजनामा आफै बजेट बितरण गर्न पाउनुपर्ने माग गरेका हुन ।
वडा अध्यक्षहरु सहमतिमा नआएपछि तोकिएको नगरसभा अन्यौलमा परेको नगर कार्यपालिकाका एक सदस्यले सारथीन्युजलाई जानकारी दिए । नगर प्रमुखले कार्यपालिकाको बैठकमा सहस्रधारा–कुनाचौर–वडा कार्यालय–नुवार सुवेदीथर–आगाखेत–ढकढके, छमर्के–छिपछिपे–कोटगाउँ–भुजेलथान–अम्बोट, पदमखोल्सी–चनौटे, साइकलचोक–गहतेपोखरा–बुमी–ठुलीपोखरी–खौला, दोबिल्ला–पकुवा–डाडाखर्क–आर्थर–पञ्चासे दु्रतमार्ग, आर्थर–खौला सडक र एक घर एक धारालाई बहुबर्षिय योजनामा राखेर नतिजा आउनेगरी बजेट बिनियोजन गर्न प्रस्ताव गरेका थिए ।
त्यसमा असहमति जनाउदै वडाअध्यक्षहरुले नगर प्रमुखको प्रस्तावप्रति असहमति जनाएर ठुला योजना हटाएर आफुहरुले भनेको टुक्रे योजनामा बजेट बिनियोजन गर्न पाउनुपर्ने अडान राखेका हुन । नगर प्रमुख जोशीले भने टुक्रे योजना हिजोका दिनमा पनि बितरण गरिएको तर त्यसले जनतालाई दिर्घकालका लागि नतिजा नदिएको भन्दै द्रुत र दिगो विकासका लागि मुख्यगरी सडकमा बहुबर्षिय ठुला योजना बनाउनुपर्ने अडान राखेका थिए ।
नगर कार्यपालिकाका एक सदस्यकाअनुसार वडा अध्यक्षहरुले राखेको प्रस्तावमा सहमति नजनाएर पारित हुने अवस्था नभएपछि तोकिएको नगरसभा अन्यौलमा परेको हो । असारमसान्तभित्रै सम्पन्न भइसक्नुपर्ने नगरसभा नगर प्रमुख अल्पमतमा पर्दा केही दिनअघिमात्रै सहमति भएर नगरसभाको प्रक्रिया सुरु भएको थियो । एमालेबाट निर्वाचित भएका प्रतिनिधिले मन्त्रालयले पठाएको नमुना कानुन पारित गर्न अस्वीकार गर्दा रोकिएको नगरसभा केही दिनअघि केही बुदा थप गरी सहमतिमा असोज ४ गतेका लागि नगरसभा तय गरिएको थियो ।
नगर कार्यपालिकास्रोतका अनुसार एमालेबाट निर्वाचित वडा अध्यक्षहरुले ठुला योजना बनाउन नमानेका हुन । उनीहरुले टुक्रे योजना बनाउन बैठकमा तिब्र दबाब दिएपनि सहमति हुन नसकेको हो । नगर प्रमुख रामचन्द्र जोशीले अहिलेका जनप्रतिनिधिसंग कुश्मा नगरबासीले छिटो समयभित्र देखिनेगरी विकास चाहेकाले टुक्रे योजनाको अर्थ नभएको बताए । उनले ठुला र नतिजा देखिने तथा नगरका अत्यावश्यक सडकको आफुले प्रस्ताव गरेको बताए ।

spot_img

भर्खरै