spot_img

बैंकहरुमा थुप्रियो पैसा, ७१ अर्ब रुपैयाँभन्दा बढी तरलता

काठमाडौं, भदौ २८ –बैंक तथा वित्तीय संस्थामा अधिक तरलता (लगानीयोग्य पुँजी) थुप्रिएको छ। हाल बैंकहरुसँग ७१ अर्ब रुपैयाँभन्दा बढी तरलता पुगेको छ। तरलता अभाव सुरु भएको करिब एक वर्षपछि बैंकहरुमा लगानीयोग्य रकम बढेको राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख नरबहादुर थापाले जानकारी दिए। यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ।

‘हाल कर्जा र निक्षेप सन्तुलन उन्मुख भएको छ,’ थापाले भने, ‘निक्षेप वृद्धिदर १४ प्रतिशतभन्दा माथि उक्लिएको छ भने कर्जा प्रवाह १८÷१९ प्रतिशतमा खुम्चिएको छ।’ पुँजी वृद्धि योजना पनि अधिक तरलताको अर्को प्रमुख कारण हो। पुँजी वृद्धि योजनाअनुसार ६५ अर्ब पुँजी बैंकहरुमा थपिएको छ।

साउनदेखि बैंकमा तरलताको अवस्था सुधार हुँदै आए पनि बैंकले लगानी बढाउन नसकेका कारण अधिक तरलताको अवस्था आएको हो। गत साल असोज अन्तिम साताबाट तरलता अभाव सुरु भएको थियो। राष्ट्र बैंकका अनुसार एक महिनायता बजारमा बढी भएको करिब ५२ अर्ब तरलता राष्ट्र बैंकले खिचिसकेको छ।

spot_img

भर्खरै