सिलगुढी, भदौ २७ –गोर्खाल्यान्ड माग गर्दै आन्दोलनरत दल र पश्चिम बंगाल सरकारबीच मंगलबार (आज) वार्ता हुँदैछ । यो खबर पर्वत पोर्तेलले आजको कान्तिपुरमा लेखेका छन्। मुख्यमन्त्री ममता बेनर्जीको आह्वानमा सिलिगुडीको उत्तरकन्यामा वार्ता हुन लागेको हो। वार्तामा सहभागी हुन मुख्यमन्त्री बेनर्जी सोमबारै सिलिगुडी आइपुगेकी छन् ।
दुई साता अघि कोलकातामा भएको छलफलपछि आन्दोलनकारी दल गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो)बीच अन्तरकलह सुरू भएको थियो । बन्द जारी राख्ने वा खुलाउने भन्नेमा गोजमुमो अध्यक्ष विमल गुरुङ पक्ष र सहसचिव विनय तामाङबीच मतभेद भएको हो।
सिलिगुडी वार्तामा यी दुबै गुटका नेताहरुसहित गोरखा राष्ट्रिय मुक्ति मोर्चा, जनआन्दोलन पार्टी र हिल तृणमुल सहभागी बन्ने पक्का भएको छ।