spot_img

दाताले जिल्ला भित्राएको एम्बुलेन्ससँग फोटो खिच्दै भ्रम छर्दै सांसद लम्साल

पर्वत, भदौ २६–सरकारले आगामी मंसिर १० र २१ गतेका लागि प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गरेको छ । नेताहरुले चुनाव लड्नका लागि आ–आफ्नो क्षेत्र छनौट गर्ने र घोषणा गर्न थालेका छन् ।
यसैसन्दर्भमा पर्वत–२ मा चमत्कार ल्याउछु भन्दे २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा बिजयी भएका विकास लम्सालले विकास निर्माण भन्दा पनि जिल्लामा दाताले उपलब्ध गराएको सहयोगमाथि धावा बोल्न थालेका छन् । निर्वाचन नजिकिदै गर्दा जनतालाई पहिले दिएको धोका धाकछोप गर्न दाताले दिएको सहयोग आफुले ल्याएको भन्दै सामाजिक सञ्जालमार्फत भ्रम छर्न थालेका छन् ।
गैरआवासिय नेपाली संघ (एनआरएन) रुसले बिहादी गाउँपालिकाका लागि दिएको एम्बुलेन्समा फोटो खिच्दै लम्सालले आफैले सहयोग गरेजसरी भ्रम छरेका हुन । पर्वतका सबै गाउँपालिकामा आफुले एम्बुलेन्स पु¥याउने सपना साकार पार्न लागेको भन्दै सामाजिक संञ्जाल फेसबुकमा पोष्ट गर्नु र दाताको सहयोगमा आएको एम्बुलेन्सको फोटो हालेर प्रचार गर्नु भ्रमको खेती भएको जिल्लाबासीले नै बताएका छन् ।
साँसद लम्सालको भ्रामक प्रोपोगाण्डप्रति एमाले निकट नेताहरुकै गुनासो छ । नाम उल्लेख नगर्ने सर्तमा एमाले पर्वतका एक जिल्ला नेताले भने–‘लम्साल नौटङ्कीवाज हुन् । उनी अवसरको सदुपयोग गर्न माहिर छन् ।’ सांसद लम्सालले बिगतमा दाताहरु कै सहयोगमा पर्वतको हुवास, लुंखु, ठुलीपोखरी लगायतका स्थानहरुमा एम्बुलेन्स हस्तान्तरण गरेका थिए ।
लम्सालले पछिल्लो समयमा गैर आवासीय नेपाली संघ रुसको सहयोगमा पर्वतको विहादी गाउँपालिकामा एम्बुलेन्स सहयोग प्रदान भन्दै फेसबुकमा फोटो पोष्ट गरेका हुन् । । ग्रामीण क्षेत्रका विरामीहरुलाई स्वास्थ्य उपचारमा सहज होस भन्ने उद्दे्रश्यका साथ गैरआवासीय नेपाली संघ रुसले एम्बुलेन्स हस्तान्तरण गर्न लागेको हो । तर दाताले दिएको एम्बुलेन्ससँग फोटो खिचाएर जनतामा भ्रमको खेती गर्नु राजनीतिक बेइमान भएको स्थानीय जनताहरुको टिप्पणी छ ।
लम्सालले सामाजिक सञ्जालमा पोष्ट गरेको फोटो र स्टाटसप्रति गैरआवासिय नेपाली संघ रुसकै पदाधिकारीले आपत्ति जनाएका छन् । ‘यो कुनै राजनीतिक दल र नेताको पहलमा सहयोग गरिएको होइन, सांसद लम्सालले एम्बुलेन्ससँग फोटो खिचेर राखेको स्टाटसले आश्चर्यमा पारेको छ’ एक पदाधिकारीले सारथीन्युजसँग कुरा गर्दै भने ।

spot_img

भर्खरै