spot_img

८८ किलो सुनको नालीबेली : चिनियाँ तस्करको दबदबा

काठमाडौ, २० भदौ । प्रहरीले सोमबार बिहान राजधानीको क्षेत्रपाटीबाट ८८ किलो सुन बरामद गर्दा नेपाललाई ट्रान्जिट बनाई तस्करी गर्दै आएका चिनियाँ तस्कर सन्जालबारे नयाँ खुलासा भएको छ । पर्यटन व्यवसायको आवरणमा ठमेललाई स्टेसन बनाई ५० वर्षीय चिनियाँ नागरिक वान विई मिङले ११ वर्षदेखि तिब्बत, नेपाल र भारतमा तस्करी सन्जाल सञ्चालन गर्दै आएका हुन् ।

उनले केरुङ नाका हुँदै आइतबार ल्याएको ४३ करोड रुपैयाँबराबरको सुन महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले नियन्त्रणमा लिएको हो । मिङ आफ्नी पत्नी याङ वेन विङसहित घटनालगत्तै फरार छन् भने सुन लोड गरिएको गाडीका चालक मनोज अधिकारी पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरोले १५ किलो सुनसहित चिनियाँ तस्करी सन्जालकै ७ जनालाई पक्राउ गरेको साता नबित्दै अहिलेसम्मकै सबैभन्दा धेरै परिमाणमा सुन बरामद भएको हो ।

मिङ साँझ ८स्३० मा बा।१७च ६४२७ नम्बरको टाटा जिप हाँक्दै क्षेत्रपाटी, धोबीचौर आइपुगे । त्यहाँ उनले नयाँ होटल सञ्चालनको तयारी गरिरहेका थिए । होटल परिसरभित्र जिप राखेर बाहिरिए । बाहिरिनेक्रममा निर्माणाधीन होटल रुँघ्ने एक नेपाली कर्मचारीलाई जिपको साँचो जिम्मा लगाए । त्यसपछि एकैचोटि राति साढे ११ बजे पत्नी विङका साथ ठमेल नरसिं चोकस्थित होटल काठमाडौं वान छिरे । चौथो तलामा रहेको आफ्नो शयनकक्षतिर उक्लनुअघि उनले एक कर्मचारीलाई आइतबार बिहान सबेरै ड्राइभर पठाएर क्षेत्रपाटीबाट आफ्नो गाडी ल्याउन अह्राए । ुउनले मलाई क्षेत्रपाटीको बाटो बिग्रेकाले गाडी त्यहीँ राखेको, भोलि बिहान जो ड्राइभर आउँछ, त्यसैलाई लिएर गई गाडी ल्याउन अह्राए,ु ती कर्मचारी ९नाम गोप्य० ले भने ।

बिहान साढे २ बजे चालक मनोज अधिकारी काठमाडौं वान होटल आइपुगे । उनको सोमबार बिहान होटलबाट चिनियाँ पर्यटक बोकेर केरुङ जाने पालो थियो । उनी राति होटलले व्यवस्था गरेको अलि परको स्टाफ क्वार्टरमा सुतेका थिए । उनले होटलमा बसेका २ पर्यटकलाई केरुङ जाने टुरिस्ट कोचमा हाले । होटलमा बसेकाबाहेक अन्य दुई चिनियाँ पनि उक्त गाडीमा थिए । त्यतिबेलै होटल कर्मचारीले साहुको गाडी लिन जाऊँ भनेपछि गाडी त्यहीं राखेर क्षेत्रपाटीतिर लागे ।

क्षेत्रपाटीस्थित निर्माणाधीन होटलमा पुगेर ढोका ढकढक्याएपछि त्यहाँ सुतेका कर्मचारी उठे र साँचो दिए । पार्किङ पुगेर जिपको ढोका खोल्न लाग्दा पहिल्यै घेरा हालेर बसेको महाशाखाको टोलीले उनीहरू सबैसहित गाडीलाई नियन्त्रणमा लियो । महाशाखा टोलीले क्षेत्रपाटी र ठमेल होटलमा रहेका सबै कर्मचारी र टुरिस्ट कोचमा रहेका चिनियाँलाई टेकु ल्याएर केरकार गर्न थाल्यो । साथै, तत्काल होटल खानतलासी गर्न थाल्दा चिनियाँ दम्पती फरार भइसकेको थियो । टेकुस्थित महाशाखा परिसरमा ल्याएर जिपको तलासी लिँदा फल्स बटममा लुकाएको ८८ वटा किलो दरका सुनका बिस्कुट फेला परेका थिए ।

spot_img

भर्खरै