spot_img

त्रिविद्वारा प्रधानमन्त्री एवम् कुलपति देउवाकै निर्देशन अवज्ञा

काठमाडौं, भदौ १९–प्रधानमन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले दिएको ‘काठमाडौं नेसनल मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने’ निर्देशन उपकुलपति तीर्थ खनियाँ र कार्यकारी परिषद्ले अवज्ञा गरेको पाइएको छ। यो खबर बलराम बानियाँले आजको कान्तिपुरमा लेखेका छन्।

‘कलेजको सम्बन्धन नै खारेज गर्न निर्देशन दिएको हुँ, तर खनियाँ  र कार्यकारी परिषद्ले स्थगनको मात्र निर्णय गरे,’ आफ्नो निर्देशन अवज्ञा भएको खुलासा गर्दै प्रधानमन्त्री देउवाले आइतबार नेपाल चिकित्सक संघको टोलीसँगको भेटमा भने, ‘तत्काल सम्बन्धन नै खारेज गर्न पुन: निर्देशन दिनेछु, नगरे कारबाही नै गर्ने चेतावनी पनि दिन्छु।’

भेटमा संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले ‘मेडिकल कलेजको सम्बन्धन नै खारेज गराउनोस्, स्थगन गर्दा त्रिविका पदाधिकारीले पुन: चलखेल गरेर सम्बन्धन दिन सक्छन्,’ भन्दै ध्यानाकषण गराएपछि प्रधानमन्त्रीले आफ्नो निर्देशनलाई उपकुलपति खनियाँले उलंघन गरेको बताएका हुन्।

spot_img

भर्खरै