spot_img

राजेन्द्रमान भए डिआइजीमा बढुवा

काठमाडौं, भदौ ७ –गृह मन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्रमान श्रेष्ठ लाई प्रहरी नायव महानिरीक्षक (डिआइजी) मा बढुवा गरेको छ । २०४६  फागुन २८ मा इन्स्पेक्टरको टोलीमा भर्ना भएका राजेन्द्रमान श्रेष्ठ सुरुदेखि नै ‘टप थ्री’ मा थिए । श्रेष्ठले सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्की एउटै ब्याचका अब्बल अधिकारीका रूपमा पहिचान बनाएका छन् । उनै चारमध्ये तीनजना  डिआइजी बढुवाको सिफारिस परीसकेका छन् । तर, एक वर्षदेखि ‘बेड’मा अचेत रहेका श्रेष्ठको बढुवा नभएपछि चौतर्फी आलोचना भएको थियो ।

गत बर्षको साउन १५ गते ब्याडमिन्टन खेल्दाखेल्दै उनी बेहोस भएर ढलेका थिए । मुटुको धड्कन बन्द हुुँदा असर मस्तिष्कमा पर्यो । उनी अहिले पनि अस्पतालमा उपचार गराउँदै आएका छन् । मस्तिष्कबाहेक उनका सबै अंग सामान्य छन् । श्रेष्ठ रेगुलर ब्याडमिन्टन खेल्ने र कम्तीमा ७ किलोमिटरसम्म दौडने गर्थे ।

spot_img

भर्खरै