spot_img

बिरामी एसएसपी श्रेष्ठको बढुवा तयारी

काठमाडौं, साउन २३ –विगत एक वर्षदेखि बिरामी रहेका नेपाल प्रहरीका डिआइजी राजेन्द्रमान श्रेष्ठलाई डिआइजीमा बढुवाका लागि प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयमा पत्राचार गरेको छ। डिआइजीको विशेष पद सिर्जना गरी श्रेष्ठलाई बढुवा गर्न लागिएको हो। श्रेष्ठको बढुवा प्रक्रिया अघि बढेको प्रहरी प्रवक्ता डिआइजी पुष्कर कार्कीले बताए। यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।

आफ्नो ब्याचमा तेस्रो नम्बरमा रहेका एसएसपी श्रेष्ठ बिरामी भएकै कारण बढुवामा छुटेका थिए। गत ३१ असारमा बढुवा समितिले १५ जना एसएसपीलाई डिआइजी बढुवामा सिफारिस गर्दा उनको नाम छुटाएको थियो। बिरामी भएकै कारण बढुवाबाट वञ्चित गरिएको भन्दै विरोध भएको थियो।

१५ साउन ०७३ मा ब्याडमिन्टन खेल्दाखेल्दै उनी बेहोस भएर ढलेका थिए। मुटुका धड्कन बन्द हुँदा त्यसको असर उनको मस्तिष्कमा परेको छ। उनको अहिले पनि उपचार भइरहेको छ। मस्तिष्कबाहेक उनका सबै अंग सामान्य छन्। शरीरका अंगलाई ‘आदेश दिने’ मस्तिष्कको तन्तुले काम नगर्दा उनी केही प्रतिक्रिया जनाउन सक्दैनन्। प्रहरी अस्पतालमा उपचार गराइरहेका उनलाई पेटमा पाइप जोडेर खुवाउने गरिएको छ।

spot_img

भर्खरै