पर्वत, साउन २२–नयाँ उद्यमी थप गर्ने उद्देश्यले जिल्लाका तीन सय बिपन्न महिला तथा युवायुवतीलाई सीप मुलक तालिम दिइएको छ । स्वरोजगार बनाउने उद्देश्यले यहाँका नगर र गाउँपालिकाका तीन सय ४६ जनालाई सीपमुलक तालिम दिइएको हो । उद्योग विकास शाखा पर्वत र लघुउद्यम विकास कार्यक्रम (मेडेप)ले कुश्मा नगरपालिका पैंयूँ, बिहादी, महाशिला र जलजला गाउँपालिकामा ती महिला तथा युवा युवतीलाई तालिम दिइएको हो ।
‘स्वरोजगारीमुलक ब्यवसाय गर्न सघाउ पु¥याउने उद्देश्यले साढे तीन सय जनालाई सीपमुलक तालिम प्रदान गरेका छौ’ उद्योग विकास शाखा पर्वतका प्रमुख बिष्णुप्रसाद न्यौपानेले जानकारी दिए । बैदेशिक रोजगारबाट फर्केकादेखि बैदेशिक रोजगारमा जान तम्तयार भएका युवायुवती समेत सीपमुलक तालिम लिएका छन् । सीप सिकेपछि उनीहरुले स्थानीयस्तरमै ब्यावसायिक उद्यम थालेका छन् ।
कुश्मा नगरपालिकामा ७६, फलेबासमा २५, पैयूँमा एक सय छ, बिहादीमा ४९, महाशिलामा ४६ र जलजलामा ४४ जना लाई सीप दिएर ब्यावसायिक उद्यममा लगाइएको लघु उद्यम विकास कार्यक्रम सञ्चालन गरिरहेको सेवा पर्वतका कार्यक्रम संयोजक विकास सापकोटाले जानकारी दिए । मोबाइल मर्मत, बुटिक तथा हाते कडाई, मौरीपालन, कुखुरापालन, सिलाई, अगरबत्ती उत्पादन, तरकारीखेती, गुडिया बुनाई, बासजन्य सामाग्री उत्पादन लगायतको तालिम उनीहरुलाई दिइएको थियो । ‘तालिम लिएका धेरैले सिकेको सिपलाई उपयोग गरी ब्यावसायिक उद्यम सुरु गरिसकेका छन्’ सापकोटाले भने ।
हालै सीप सिकेर ब्यावसाय गर्ने मध्येका हुन बिहादी–५ उरामका युवराज थापा । बैदेशिक रोजगारीमा जाने तयारी गरेका उनले सीप लिएपछि घरमै ब्यावसाय सुरु गरेका छन् । घरमै राखिएको मोबाइल मर्मत पसलले राम्रो आम्दानी दिन थालेपछि उनले बिदेश जाने मनस्थिति त्यागेको बताए । ‘गाउँमा रोजगारी नपाउदा बिदेश नै जानुपर्ने अवस्था थियो तर सीप लिएपछि गाउँमै ब्यवसाय सुरु गरेको छु’ उनले भने ।
थापाले ५५ दिनको मोबाइल मर्मत तालिमपछि घरमै काम पाएका छन् । ‘बिग्रेको मोबाइल बन्ने भएपछि घरमै मोबाइल लिएर आउछन’ थापाले भने–‘मोबाइल बनेपछि खुशी भएर फर्कने गरेका छन् ।’ गाउँमै मोबाइल बनेपछि मोबाइल मर्मतकै लागि स्याङ्जा पुग्नुपर्ने अवस्था समेत अन्त्य भएको बिहादी–५ की शाति थापाले बताइन ।
युवराजजस्तै धेरै युवायुवती र महिलाले तालिम लिएर ब्यावसायिक उत्पादनमा लागेको न्यौपानेले बताए । ‘महिला, दलित, जनजाति र बिपन्नलाई प्राथमिकता दिएर सुरु गरिएका तालिमले सफलता पाएको छ’ उनले भने–‘आम्दानी नभएर अलमलिएकालाई सीप दिएर ब्यावसायिकतामा लाग्ने बनाउनु ठुलो कुरा हो ।’
तालिमसँगै नयाँ उद्यमीलाई प्रविधि र बजारीकरणमा सहयोग, लघुबित्तिय संघसंस्थासँग समन्वय गराइएको सेवा पर्वतका जिल्ला कार्यक्रम संयोजक सापकोटाले जानकारी दिए । ‘तालिम र अन्य सहयोगले नयाँ उद्यमीमा उत्साह बढेको पाएका छौ’ उनले भने ।
यसैगरी गाउँमै लघुउद्यम चलाउदै आएका उद्यमीलाई स्तरोन्नती गराउने उद्देश्यले एक सय ३५ जनालाई लघुउद्यम विकास कार्यक्रम (मेडेप) र गरिबि निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा)ले सहयोग गरेका छन् । बिहादी–३ रानीपानी र महाशिला–३ बालाकोटका ती उद्यमीलाई प्रविधिसहित, मेसिन, औजार, कच्चापदार्थ सहयोग गरिएको हो ।
नयाँ उद्यमी थप्न साढे तीन सयलाई सीप
