spot_img

पर्वत काँग्रेसद्धारा कार्यसमिति बिस्तार

पर्वत, साउन १८–नेपाली काँग्रेस पर्वतले चार जनालाई बुधबार मनोनित गरेको छ । सभापति खिमप्रसाद भुसालले खगेन्द्रप्रसाद तिवारी, कुलप्रसाद उपाध्याय, डा।चूडामणि शर्मा र मानबहादुर भुषाललाई मनोनित गरेको बताए । तिवारी १३ औं जिल्ला अधिबेशनमा सभापतिमा पराजित भएका थिए ।
उपाध्याय पूर्वसचिव, शर्मा नेपाल शिक्षक संघ पर्वतका पूर्वअध्यक्ष र मानबहादुर भुसाल पार्टीका पूर्व जिल्ला कार्य समिति सदस्य हुन । त्यस्तै सभापति भुसालले रामचन्द्र जोशी, विद्वान गुरुङ, युवराज जोशी, सोम पुन, हेमराज सापकोटा, कमला शर्मा, डम्बरकुमार प्रधान, एकनारायाण न्यौपाने, डिल्लीराम उपाध्याय, जीतबहादुर नेपाली, देवीप्रसाद विलासी, हरि न्यौपाने र मिना बस्याललाई आमन्त्रित सदस्यमा मनोनित गरेका छन् ।
त्यसैगरी पार्टीका पूर्वसभापति लालकाजी गुरुङ, नवराज गुरुङ, पूर्वसांसद ऋषिकेश तिवारी लोकनाथ आचार्य, रामशर्मा पौडेल, बसन्तबहादुर सिके, डा। कुशुमाकर न्यौपाने, गिरीराज गौतम, कृष्ण गौंडेल, ललितकला गुरुङ, बलभद्र शर्मा, गंगाराज शर्मा, काशीकुमार जोशी, तिलकबहादुर कुँवर, सोमलाल आचार्य, धनबहादुर राना, ताराप्रसाद भट्टराई र भगवती शर्मा रहेको १८ सदस्यीय सल्लाहकार समिति गठन गरेका छन् ।  पर्वतका दुईवटा निर्वाचन क्षेत्रबाट अझै चारजना सदस्यहरु जिल्ला कार्यसमितिमा मनोनित गर्न बाँकी रहेको जिल्ला सचिव युक्तप्रसाद श्रेष्ठले जानाकारी दिए ।

spot_img

भर्खरै