spot_img

सांसद विकास लम्साललाई एमाले कार्यकर्ताले भने–‘विचरा झुम्रा’

पर्वत, साउन १०–नेकपा एमालेका नेता एवम् पर्वत क्षेत्र नम्बर २ बाट निर्वाचित ब्यवस्थापिका सांसद सदस्य विकास लम्साललाई आफ्नै कार्यकर्ता हरिहर पोखरेलले झुम्राको संज्ञा दिएका छन् । सडक कालोपत्रेको योजना आफुले पारेको भनेर गलत बिषयबस्तु एक सञ्चारमाध्यममा लेखाएको बिषयमा बिचरा झुम्रा भन्दै सांसद लम्साललाई कटाक्ष गरेका हुन् ।

पछिल्लो समयमा विकास निर्माणको कामदेखि गाउँमा ल्याएको एम्बुलेन्ससमेत आफ्नै पहलमा भएको भन्दै प्रचार गर्दै आएका लम्साललाई पोखरेलले कटाक्ष गरेका हुन । लम्साल र पोखरेलको घर फलेबास–५ मा पर्छ । एमालेले लम्साललाई टिकट दिएपछि पार्टीले लामो समयदेखि सामन्तीपारा देखाउदै आएको ब्यक्तिलाई टिकट दिएको भन्दै पोखरेलले २०७० सालको संविधानसभा निर्वाचनमा बागी लडेका थिए ।

लम्सालले यसअघि ग्रामिण पूर्वाधार आयोजनाले कालोपत्रे गर्न लागेको मुडिकुवा–लुंखु सडक पनि आफ्नै पहलमा निर्माण हुन लागेको भन्दै प्रचार गराएका थिए । यो हल्लाले जानेबुझेकाले जिब्रो टोकेका थिए । ‘काम गरेर प्रचार गरेको भए त मान्नुहुन्थ्यो तर चार बर्षसम्म कुनै काम नगरेकाले गर्दै नगरेको काम देखाउदा लाजै लाग्ने रैछ’ एमालेकै एक कार्यकर्ताले भने । सांसद लम्सालले घेउनाउला–फलेबास सडक कालोपत्रेका लागि बजेट बिनियोजन गरेको समाचार दिएपछि पोखरेलले कडा टिप्पणी गर्दै यस्तो लेखेका छन । पोखरेलले सामाजिक सञ्चाल फेसबुकका लम्सालप्रति कटाक्ष गर्दै लेखेको स्टाटस हेर्नुस् ।  

 

spot_img

भर्खरै