spot_img

करेन्ट लागेर एकको मृत्यु

पर्वत, साउन ७–यहाँ करेन्ट लागेर एक जनाको ज्यान गएको छ । बिद्युतको काठे पोल परिवर्तन गर्ने क्रममा कुश्मा–१ पाङका २२ बर्षिय खगराज केसीको ज्यान गएको हो । मोदी गाउँपालिका ३ देउपुरमा काठका पोल निकालेर फलामे पोल गाड्ने क्रममा उनलाई करेन्ट लागेको हो ।
उनको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी प्रमुख शेखर खनालले बताए । बिद्युत प्राधिकरण पर्वत बितरण केन्द्रलाई जानकारी दिएर बिद्युत बन्द गर्न लगाएपनि एक्कासी बिद्युत प्रवाह भएर उनलाई करेन्ट लागेको हो । मृतक केसीको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पर्वतमा राखिएको छ ।

spot_img

भर्खरै