म्याग्दी, असार १०- बैदेशिक रोजगारीअन्तर्गत दक्षिण कोरिया र मलेसिया पुगेका यहाँका दुई युवाको मृत्यु भएको खबर आजको कान्तिपुरमा छ । रघुगंगा गाउँपालिका २ भगवतीका २७ बर्षीय शिवकुमार कार्की र वडा नम्बर ६ पाखापानीका ओमबहादुर पुनको मृत्यु भएको हो ।
९ महिना अघि कोरिया पुगेका कार्कीको गत गत शुक्रबार राति सुतेकै अवस्थामा मृत्यु भएको हो । त्यसैगरी १४ बर्षदेखि मलेसियामा कार्यरत पुनको सोमबार गाडीको ठक्कले मृत्यु भएको थियो ।