सुरु भयो प्रहरीमा बढुवा
काठमाडौं, असार ७–चार हजार बढी पद रिक्त हुँदा पनि बढुवा प्रक्रिया अगाडि नबढाउँदा आलोचित प्रहरी प्रशासनले बढुवा सिफारिस समितिलाई सक्रिय बनाएको खबर आजको नागरिकमा छ ।
गृहमन्त्रीमा जनार्दन शर्मा आएपछि गत बुधबार उनले बढुवा अघि बढाउने बताएका थिए । उनले दाबी गरेको पाँच दिनपछि आइतबारदेखि तल्लो तहको बढुवा प्रक्रिया अघि बढेको हो ।
असारभित्र सबै रिक्त पदमा बढुवा गर्ने योजना सहित प्रहरी हवल्दार र असईको बढुवाको लागि फइल उठिसकेको छ ।


