spot_img

पूर्वराजा ज्ञानेन्द्रको चिया बगानले २५ करोड कर तिरेन

काठमाडौं, जेठ ३१ –पूर्वराजा ज्ञानेन्द्र शाहको स्वामित्वमा रहेको भनिएको झापाको दमकस्थित हिमालय महालक्ष्मी चिया बगानले १२ वर्षसम्म पनि एकीकृत सम्पत्ति कर नबुझाएको पाइएको छ । आर्थिक वर्ष ०६२/६३ देखि अहिलेसम्म बगानले नगरपालिकालाई कर नतिरेको दमक नगरपालिकाका कर शाखा प्रमुख टीका दाहालले बताए ।

आर्थिक वर्ष ०७३/७४ सम्ममा बगानले जग्गाको ३ करोड १५ लाख ६३ हजार ६ सय ७१ रुपैयाँ ६५ पैसा कर तिर्न बाँकी देखिएको उनले जानकारी दिए । कारोबार दैनिकका अनुसार, अहिलेको चलनचल्तीको भाउ र बगानभित्र रहेका अन्य संरचनाको सबै कर लगाउँदा बगानले २५ करोडभन्दा बढी तिर्नुपर्ने अवस्था आउने स्रोतको भनाइ छ ।

spot_img

भर्खरै