spot_img

प्रदेश नम्बर ४ उद्योग बाणिज्य संघ बिवादमा, समानान्तर समिति, कसले पाउला आधिकारिक ?

पर्वत, जेठ ३०–प्रदेश उद्योग बाणिज्य संघ विवादमा परेको छ । शनिबार पोखरामा ४ नम्बर भित्रका उद्योग बाणिज्य संघको भेलामार्फत प्रदेश उद्योग बाणिज्य संघ गठन गर्ने भनिएपनि विवादले समानान्तर दुई समिति गठन भएको हो ।

सर्बसम्मत रुपमा समिति गठन गर्ने सहमति भएर काँग्रेसनिकट ब्यवसायीले आफुले पाउने पदमा मात्रै उम्मेदवारी दिएका थिए । तर एमाले निकटका ब्यवसायीले सबै पदमा उम्मेदवारी दिएर बेइमान गरेपछि काँग्रेसनिकट ब्यवसायीले आधिकारिक प्रदेश समिति बनाएका हुन । ४ नम्बर प्रदेशमा पुराना १३ र नयाँ ४ गरी १७ वटा शाखा रहेकोमा ११ वटा शाखाको नेतृत्व नेपाली काँग्रेस निकट र छ वटा शाखाको नेतृत्व एमाले निकट ब्यवसायीले गरेका छन् । एमाले निकट ब्यवसायीले बेइमान गरेपछि दुई तिहाई बहुमतका साथ काँग्रेस निकट ब्यवसायीले आधिकारिक प्रदेश उद्योग बाणिज्य संघ गठन गरेका हुन ।

४ नम्बर प्रदेशबाट प्रतिनिधित्व गर्ने नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य निर्माणकुमार श्रेष्ठ र दिपक लम्सालको बिशेष उपस्थितिमा तनहुँ उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णराज पण्डितको अध्यक्षतामा ४ नम्बर प्रदेशस्तरीय उद्योग बाणिज्य संघ गठन गरेका छन् । संघको उपाध्यक्षमा स्याङ्जाका नवराज सुवेदी, कोषाध्यक्षमा मुस्ताङका खगेन्द्र गौचन र सदस्यमा बागलुङका जयराम भारी, गोरखाका श्रवणकुमार जोशी, नवलपुरका ओमप्रकाश पौडेललगायत छन् ।

उता एमाले निकट ब्यवसायीले भने पोखरा उद्योग बाणिज्य संघका पूर्वअध्यक्ष सञ्जिबबहादुर कोइरालाको अध्यक्षतामा समिति गठन गरेका छन् । उक्त समितिको उपाध्यक्षमा पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष हरिओम शर्मा लामिछाने रहेका छन् । आठ सदस्यीय समितिमा दुई जना नपुगेपछि एमालेनिकट ब्यवसायीले छ जनाको मात्रै समिति बनाएका छन् । यता प्रदेश उद्योग बाणिज्य संघमा दुई समिति बनेर विवाद भएपनि पर्वत उद्योग बाणिज्य संघले भने आफ्ना अध्यक्ष प्रदेश उपाध्यक्ष भएको भन्दै मंगलबार बिहान बधाई तथा शुभकामना कार्यक्रम राखेको छ ।

ब्यावसायिक हकहित र आर्थिक रुपमा मुलुकलाई सशक्त रुपमा अगाडी लैजानका लागि मार्गदर्शक देखाउने उद्योग बाणिज्य संघको यो विवादले ४ नम्बर प्रदेशमा लामो समयसम्म त्यसको प्रभाव देखिने भएको छ । सुरुमा काँग्रेस र एमाले निकट ब्यवसायीबिच अध्यक्ष, कोषाध्यक्ष र दुई सदस्य एमाले र उपाध्यक्ष र  तीन सदस्य नेपाली काँग्रेस निकट ब्यवसायीले लिने गरी समझदारी भएको थियो । तर, उम्मेदवारी दर्ता गर्नेक्रममा एमालेनिकट ब्यवसायीले बेइमान गरेपछि उम्मेदवारी दर्ता गराएका पदका उम्मेदवारीसमेत फिर्ता लिएर दुई तिहाई उद्योग बाणिज्य संघको सहभागितामा समिति गठन गर्न बाध्य भएको पण्डितले जानकारी दिए ।

दुबै पक्षले आ–आफ्ना समिति नेपाल उद्योग बाणिज्य महासंघमा बुझाइसकेका छन् । महासंघको केहीदिनभित्रै बस्ने बैठकले आफुहरुले बहुमत र आधिकारिक रुपमा समिति गठन गरेकोले आफ्नो समितिलाई नै मान्यता दिने पण्डितले दाबी गरे ।

spot_img

भर्खरै