पर्वत, जेठ २८– कुश्मा नगरपालिका–८ स्थित चुवाका सुजन केसीले आफ्नो दिबंगत भाईको सम्झनामा स्थानीय बिद्यालयमा अक्षयकोष स्थापना गरेका छन् । हाल जापानमा रहेका उनले गाउँको मंगलोदय माध्यमिक बिद्यालयमा भाई सन्तोष केसीको सम्झनामा ५० हजार एक सय १५ रुपैयाको कोष स्थापना गरेका हुन ।
आईतबार विद्यालयमा भएको एक कार्यक्रमका माझ केसीले उक्त रकम आप्mना बुबा मिनबहादुर केसीमार्पmत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलाई हस्तान्तरण गरेका थिए । जापानको फुकुओका नेपाल सोसाईटीको सदस्य समेत रहेका केसी केही बर्षदेखि जापानमा छन् ।
उनले केही महिना अगाडि मात्रै पनि फलेवास नगरपालिका–३ शंकरपोखरी टारीमा रहेको एक विद्यालयका झण्डै ५० जना विद्यार्थीहरुलाई पोशाक सहयोग गरेका थिए । उनका भाई सन्तोषको गत असोज १६ गते २३ बर्षको उमेरमा निधन भएको थियो । ।
भाईको सम्झनामा विद्यालयमा अक्षयकोष


