spot_img

पूर्व कर्मचारी सेवा परिषदले ग¥यो सिडिओलाई स्वागत

पर्वत, जेठ २८–पूर्वकर्मचारी सेवा परिषद पर्वतले प्रमुख जिल्ला अधिकारी राजेश पन्थीलाई स्वागत गरेको छ । हालै मात्र सरुवा भएर गुह मन्त्रालयबाट पर्वत जिल्लाको प्रजिअका रुपमा खटिएका पन्थीलाई आइतबार बिहान परिषदले स्वागत गरेको हो ।
पूर्वकर्मचारी सेवा परिषद पर्वतका अध्यक्ष देवीप्रसाद बिलासीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयमा पुगेको पूर्वकर्मचारीको टोलीले अबिर, फुलमाला लगाएर स्वागत गरेको हो । परिषदले पर्वतमा आउने हरेक प्रजिअ, स्थानीय विकास अधिकारीलगायतलाई स्वागत र बिदाई गर्ने गरेको छ ।
सो अवसरमा प्रमुख जिल्ला अधिकारी पन्थीले आफ्नो स्वागतमा आएका पूर्वकर्मचारीलाई धन्यबाद दिदै पर्वत जिल्लाको आफ्नो बसाईमा जनताले सहज सेवा पाउनका लागि हरदम खटिने प्रतिबद्धता जनाएका थिए । नागरिकले सहज र सरल रुपमा सेवा पाउने वातावरण मिलाउनु नै आफ्नो प्रमुख लक्ष्य रहेको भन्दै उनले कानुनको अक्षरश पालना गराउनुका साथै अनियमितता तथा भ्रष्टाचारका गतिविधि हुन नदिने दाबी गरेका थिए ।

spot_img

भर्खरै