पर्वत जेठ २७–ठुलो बर्षापछि यहाँ एक घर पुर्ण रुपमा भत्किएको छ । महाशिला गाउँपालिका वडा नम्बर ४ मा पर्ने पाखापानीमा प्रेमबहादुर क्षेत्रीको घर भत्किएको हो । वडा सचिव झलक शर्मा पौडेलले घरराती क्षेत्रीको घर भत्किदा पुर्ण रुपमा क्षति भएको जानकारी दिए ।
तीन तलासहितको घर भत्केपछि चार जनाको परिवार बिस्थापित भएका छन् । घर भत्किदा छ लाख बराबरको क्षति पुगेको छ । २०७२ बैशाखमा गएको भुकम्प जादा आंशिक क्षति भएको घर अहिले पुर्ण रुपमा भत्किएको हो । ‘भुकम्पले क्षति त पहिले नै पु¥याएको थियो तर त्यही घरमा बस्दै आएका थियौ’ क्षेत्रीले भने–‘गएराती कामै नलाग्ने गरी भत्कियो ।’
उक्त परिवारअहिले छिमेकीको घरमा आश्रय लिएर बसेका छन् । परिवारले भुकम्पकै कारण घर भत्किएको भन्दै राज्यले उचित राहत उपलब्ध गराउन माग गरेका छन् । ‘भुकम्पले क्षति नपु¥याएको भए अहिले घर पुर्ण रुपमा भत्किने अवस्था थिएन’ क्षेत्रीले भने–‘त्यसैले भुकम्पका कारण पुर्ण क्षति भएका घरले पाउने सुबिधा पाउनुप¥यो ।’
आर्थिक अवस्था कमजोर भएका परिवार घर भत्किएपछि बर्षाको समयमा कठिनाई भएको भन्दै चिन्तित भएका छन् । वडा सचिव पौडेलले पनि भुकम्पले क्षति पु¥याएको घर अहिले निरन्तरको बर्षाले भत्कन पुगेको बताए । ‘अहिले घर भत्किएपनि भुकम्पकै असर परेको हो’ उनले भने । उनले पीडितले भुकम्पले क्षति पु¥याएर नै घर भत्किएको भन्दै सहयोग गर्न माग गरेकोले माथिल्लो निकायमा सिफारिस गरिदिने जानकारी पनि दिए ।


