spot_img

यसरी पत्ता लाग्छ अब नक्कली भिसा

काठमाडौं, जेठ २६–सरकारी कागजात र छाप किर्ते भिसाको आवेदन गर्ने ब्यक्ति अब प्रहरी नियन्त्रणमा पुग्ने भएका छन्। नेपालस्थित विदेशी कुटनीतिक नियोगहरुले परराष्ट्र मन्त्रलायद्धारा प्रमााणित कागजाताहरु अनलाईनमा नै परीक्षण गर्न सक्ने भएपछि किर्ते गर्ने आवेदक यस्तो सजायमा पर्ने स्थिति बनेको हो। यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ।

कतिपय नेपालीले विकसित मुलुकमा रोजगारी अध्ययनका लागि जान आवदेन दिँदा सरकारी कागजात नै किर्ते गर्ने प्रवृत्ति अस्वभाविक रुपमा बढेपछि मुलुकको साख जोगाउन परराष्ट्र मन्त्रलायअन्तर्गतको राहदानी विभागले अनलाईन परीक्षण कार्यन्वयनमा ल्याएको हो।

सरकारी निकायको सुरक्षीत वेव पोर्टलबाट यो सेवा नेपालस्थित दूतावासहरूलाई उपलब्ध गराइएको छ।

spot_img

भर्खरै