पर्वत, जेठ २६–कुश्मा नगरपालिका–७ गोदामका मनबहादुर नेपालीको भिरबाट लडेर मृत्यु भएको छ । बिहिबार कुश्मा नगरपालिका–५ स्थित गोपाङघाट जाने बाटोमा मृत अवस्थामा भेटिएका हुन ।
मानसिक अवस्था ठिक नभएका उनी अन्दाजी ४७ बर्षका रहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक लिलाराज लामिछानेले बताए । उनका अनुसार मृतकको शव पोष्टमार्टमपछि परिवारले बुझेर लगेका छन् ।