spot_img

सरसफाईमा नमुना बन्दै पैंयूँ गाउँपालिका

 

पर्वत, जेठ २३–पैंयूँ गाउँपालिकाले सरसफाईमा नमुना बन्ने अभियान चलाएको छ । घरगाउँ, टोलदेखि बजारीक क्षेत्रहरुमा गाउँपालिकाले सरसफाई अभियान चलाएर नमुना बन्न अग्रसर भएको हो ।
गाउँपालिकाको अगुवाईमा बिद्यार्थीदेखि आम सर्बसाधारणसम्मलाई सरसफाईको क्षेत्रमा सचेत गराउदै अभियान चलाउन सुरु गरेको हो । गाउँपालिकाले बिश्व वातावरण दिवसको दिनदेखि बजारदेखि गाउँका हरेक घरसम्म नै फोहोरमैलाप्रति सजग बन्न र निरन्तर सरसफाईमा ध्यान पु¥याउन आग्रह गरेको छ ।
दिवसका अवसरमा गाउँपालिकाले हरेक वडाका स्थानीय उपस्थित भएर बजारक्षेत्रमा सरसफाई गरेरका छन् । गाउँपालिका अध्यक्ष खगेन्द्रप्रसाद तिवारी, उपाध्यक्ष जसमति गुरुङ, कार्यकारी अधिकृत कल्पना खनाल बस्नेत, वडाअध्यक्षहरु, सदस्यहरुसहित सयौको उपस्थितिमा सरसफाई गरी वातावरण दिवस मनाइएको छ ।
उक्त बृहत सरसफाई कार्यक्रममा स्थानीय विकास अधिकारी बिष्णुप्रसाद भुसाल, जिल्ला प्राविधिक कार्यालय पर्वतका प्रमुख लक्ष्मीप्रसाद भण्डारी, नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारीलगायत उपस्थित भएर पैंयूँ गाउँपालिकाको अभियानलाई हौसला प्रदान गरेका थिए ।
सरसफाईपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै पैंयूँ गाउँपालिका अध्यक्ष खगेन्द्रप्रसाद तिवारीले सरसफाईको यो अभियान निरन्तर चल्ने बताए । उनले आ–आफ्नो घर, टोल सफा राखेर सचेत नागरिक बन्नुपर्नेमा जोड दिए । उनले आफुले पैंयूँ गाउँपालिकाको विकासका लागि योजनाबद्ध रुपमा प्रस्तुत भएको भन्दै यो अभियानमा सबैले साथ दिनुपर्ने बताए । निर्वाचनमा हार÷जितलाई एक ठाउँमा राखेर राम्रा कामलाई सबैले साथ दिनुपर्ने धारणा राखेका थिए ।
कार्यक्रममा स्थानीय विकास अधिकारी बिष्णुप्रसाद भुसालले फोहोर हुनै नदिने वातावरण बनाउन आग्रह गरे । ‘फोहोर नै हुन नदिने हो भने सरसफाई गर्नेपर्दैन’ उनले भने । उनले सरसफाई अभियानले नागरिकलाई सचेत पार्नुका साथै विभिन्न रोगबाट समेत बच्न सकिने भएकोले अभियानलाई निरन्तरता दिनुपर्ने बताए ।
पैंयूँ गाउँपालिकाका कार्यकारी अधिकृत कल्पना खनाल बस्नेतले वातावरण दिवसमा सरसफाई अभियान सञ्चालन गरेपनि यसलाई विशेष प्राथमिकता दिएर अगाडी बढ्ने बताइन् । उनले पैंयूँ गाउँपालिकालाई सरसफाईमा नमुना गाउँपालिकाका लागि गाउँपालिकाबासीलाई निरन्तर प्रोत्साहन र हौसला प्रदान गर्ने बताइन् ।

spot_img

भर्खरै