spot_img

देउवालाई रोक्न यस्तो छ एमालेको चलखेल

पर्वत, जेठ १९–एमालेले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री हुनबाट रोक्न लागेको चर्चा चल्दै गर्दा उक्त चर्चालाई मलजल हुनेगरी एमालेले संसद बैठक चल्न नदिने अड्डी लिदै आएको छ । माओबादी अध्यक्ष पुष्पकमल दाहाललाई नै प्रधानमन्त्रीमा पटक–पटक समर्थन गर्ने प्रस्ताव गर्दै आएको एमालेले देउवालाई प्रधानमन्त्री हुनबाट रोक्न संसद बैठक अबरुद्ध गर्दै आएको हो । दाहाललाई यसअघि एमालेले धोका दिएपछि काँग्रेसको समर्थनमा प्रधानमन्त्री भएका थिए ।

दाहाल प्रधानमन्त्री हुदा काँग्रेससँग भएको सहमतिअनुसार दाहालले काँग्रेसको नेतृत्वमा सरकार बनाउन सहमत भएका छन् । त्यसको एमालेले विभिन्न शक्तिकेन्द्र प्रयोग गर्दै रोक्ने प्रयासमा छ । बिहिबार राष्ट्रपति बिद्यादेवी भण्डारीले बहुमतीय सरकार गठनका लागि आब्हान गरेपनि एमालेले भरतपुर महानगरपालिकामा रोकिएको मतगणना सुचारु गर्न माग राख्दै संसद अबरुद्ध गर्दै आएको छ । ‘भरतपुर मतगणना सुचारु गर्ने कुरा त एमालेको निहुँमात्रै हो, मुख्य कुरा देउवालाई प्रधानमन्त्री हुनबाटै रोक्ने प्रयास हो’ एमालेनिकटस्रोतले सारथीन्युजसँग कुरा गर्दै भन्यो ।

यसैबिच आज अबरुद्ध संसद खुलाउने बिषयमा भएको बैठकमा एमाले साँसद राजेन्द्र पाण्डेयले संसद बैठक अबरुद्ध हुने भएकोले कार्यसूची अगाडी बढ्नै नसक्ने अडान राखेका छन् । उनले सभामुख ओनसरी घर्तीमगरलाई कार्यसूची अगाडी बढाउन नमिल्ने बताएका हुन । सभामुखले राष्ट्रपतिको आब्हानअनुसार प्रधानमन्त्री चयन प्रक्रिया अगाडी बढाउन चाहेकी छन् । बैठकमा एमाले नेता पाण्डे र माओबादी सांसद रामनारायण बिडारीबिच भनाभन समेत भएको छ । बिडारीले कुनै पनि हालतमा कार्यसूची अगाडि बढाउनुपर्ने बताए ।

उनले प्रधानमन्त्री चयन गर्ने संसदको अधिकार भएको भन्दै कार्यसूची सार्वजनिक गर्न माग गरे । ’सरकार कामचलाउन भइसक्यो । हामीले दोस्रोचरणको निर्वाचन गर्नुपर्ने जिम्मेवारी छ । कहिलेसम्म कामचलाउ सरकारले देश चलाउने ? उनको प्रश्न थियो । दलका नेताबिच कुरा नमिलेपछि सभामुखले आजै शीर्ष नेताको बैठक बोलाएकी छन् । संसद बैठक आइतबार बिहान ११ बजेका लागि बोलाइएको छ ।

spot_img

भर्खरै