spot_img

देउवाले थाले नयाँ सरकार गठनको तयारी

काठमाडौँ, जेठ १८–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकार गठनको तयारी थालेका छन् । राष्टपति बिद्यादेवी भण्डारीले आह्वान गरेको सहमतिय सरकार गठनको समयसिमा सकिए लगतै देउवाले बहुमतिय सरकार गठनको पहल थालेका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदबाट राजीनामा दिएपछि बहुमतिय सरकार गठनका लागि देउवाले पहल थालेका छन् । सहमतिय सरकार गठन गर्न तयार नभएका देउवा आफ्नो नेतृत्वमा बहुमतिय सरकार गठन गर्ने तयारी थालेका छन् । बुधबार आफुनिकटका कांग्रेस नेताहरुलाई बोलाएर उनले बहुमतिय सरकार गठनका लागि छलफल गरेका छन् । दोस्रो चरणको निर्वाचनभन्दा पहिले सानो मन्त्रीमण्डल गठन गर्ने तयारीमा रहेका देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालसँग पनि छलफल गरिसकेका छन् ।

देउवाले बुधवार आफ् निकटका नेताहरुसँग छलफल गरेका छन् भने विहीबार नेकपा माओवादी केन्द्रसँग छलफल गर्ने भएका छन् । भावी सरकारबारे गृहकार्य गर्ने जिम्मा पाएका गृहमन्त्री विमलेन्द्र निधि र अर्थमन्त्री कृष्णबहादुर महराले मन्त्रालय टुंग्याउन नसकेपनि मन्त्रीको भागबन्डा मिलाएका छन् । नेकपा माओवादी केन्द्रले १० मन्त्रालय दावी गरेको छ ।

त्यसैगरी देउवा नेतृत्वको सरकारमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, राप्रपा पनि जाने संकेत गरेका छन् । राष्टपति भण्डारीले बहुमतिय सरकार गठनका लागि विहीबार आह्वान गर्ने भएकी छिन् ।

spot_img

भर्खरै