काठमाडौं, जेठ १६–दोस्रो चरणको स्थानीय तह निर्वाचन ९ असारमा गर्ने सरकारको निर्णयमा निर्वाचन आयोग समारात्मक देखिएको छ ।
प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले दलहरुबीच सहमतिको वातावरण बनेपछि आयोग सबैलाई समेटेर अघि बढ्ने कुरामा सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् ।
‘दलहरुबीच सबैलाई समेट्ने गरी निर्णय हुँदा आयोगको फरक दृष्टिकोण हुँदैन, सबैलाई समेटेर विर्नाचनमा अघि बढ्ने पक्षमा आयोग सकारात्मक छ,’ प्रमुख निर्वाचन आयुक्त यादवले भने, ‘राजनीतिक निकासका लागि हामीले नै सरकारलाई सल्ला पनि दिएका हौं । आयोगकै परामर्शमा नयाँ मिति आएको हो ।’
आयोगले दल दर्ता सम्भव भए पनि चिह्न दिन भने असम्भव रहेको जनाएको छ । राजधानी दैनिकमा खबर छ ।