spot_img

चुवाका रबिनको भारतको काश्मिरमा मृत्यु

पर्वत, जेठ १०–पर्वतको कुश्मा नगरपालिका–८ चुवाका २३ बर्षिय रबिन शर्माको भारतको काश्मिरमा ज्यान गएको छ । भारतको सीमा जोगाउन खटिएका रबिनसहित तीन नेपाली गोर्खा सैनिकको मृत्यु भएको हो । गत माघमा मात्रै विवाह बन्धनमा बाँधिएर गएका शर्माको मृत्युले सिंगो चुवा शोकमा छ । रबिनको परिवारलाई मृत्युको बारेमा जानकारी नदिएपनि गोली लागेर घाइते भएको भन्दै भारत लगिएको छ ।

कुश्मा नगरपालिका ८ का वडा अध्यक्ष राजकुमार क्षेत्रीले रबिनको पत्नीसहित बाबुआमा भारततर्फ लागेका छन् । क्षेत्रीले शर्माको निधनले सिंगो चुवा मर्माहत भएको बताए । शर्मा पाँच बर्षअघि भारतीय सेनामा भर्ती भएका थिए । दुई दाजुभाई मध्ये रबिन परिवारका जेठा हुन । उनी राइफलम्यान पदमा कार्यरत थिए । शर्मासँगै मृत्यु हुनेमा हवल्दार ३८ वर्षीय गिरिश गुरुङ, ४० वर्षीय हवल्दार डमर बहादुर पुन छन्।
मृतक शर्माको पारिवारिक स्रोतका अनुसार उनको भारतीय सेनाको बिशेष सम्मानका साथ भारतमै अन्तिम संस्कार गरिने भएको छ ।

भारत र पाकिस्तानको सीमा छुट्याउने लाइन अफ कन्ट्रोलको नौगाम सेक्टरमा अपरेसनका क्रममा यी तीन नेपालीको मृत्यु भएको हो। कास्कीको नगिधर गाउँ निवासी गिरिश गुरुङले १९ वर्ष भारतीय सेनामा काम गरेका थिए। उनकी पत्नी पञ्चमाया गुरुङ र दुई सन्तान रहेका छन्।

त्यसैगरी गुल्मीको काराइँग तुन गाउँ घर भएका हवल्दार डमरबहादुर पुन २१ वर्षदेखि भारतीय सेनामा कार्यरत थिए। उनकी पत्नी कल्पना पुन र दुई सन्तान रहेका छन्।
भारतीय रक्षा प्रवक्ताका अनुसार तीनै जनाको पार्थिव शरीरलाई हिमाञ्चल प्रदेशको सुवाथुमा लगी पूर्ण सैनिक सम्मानका साथ अन्तिम संस्कार गरिनेछ।

spot_img

भर्खरै